होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, मंसिर १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • डोटीका नौ वटै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न
समाचार

डोटीका नौ वटै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न

  • नागरिक रैबार
डोटीका नौ वटै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत डोटीका नौ वटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ ।शनिबार र आज सम्पन्न भएका पालिकाका अधिवेशनमा सात पालिकामा सर्वसम्वत पदाधिकारी चयन भएका छन् भने दुईवटा पालिका बडिकेदार तथा बोगटान फुड्सिल गाउँपालिकामा निर्वाचन भएको छ ।

जसअनुसार दिपायल सिलगढी नगरपालिकामा गणेशबहादुर मलासी, शिखर नगरपालिकामा हर्कबहादुर बोगटी, पूर्वीचौकी गाउँपालिमा बलबहादुर खड्का, सायल गाउँपालिकामा तेजराज ओझा र आदर्श गाउँपालिकामा चन्द्रनाथ ओझा सभापति रहेका छन् ।

केआइसिंह गाउँपालिमा अर्जुनबहादुर बलायर, जोरायल गाउँपालिकामा मोहनराज मल्ल, बडिकेदार गाउँपालिकामा करुणाकर जोशी तथा आज भएको निर्वाचनबाट बोगटान फुड्सिल गाउँपालिकामा खडकसिंह बोहरा विजयी भएका छन् ।

विज्ञापन

जोशी वीरेन्द्र कोड्केनीलाई पराजित गरी मतदानबाट विजयी हुनुभएको हो भने बोहरा बोगटान फुडसिल गाउँपालिकामा शेरबहादुर बम र चक्र केसीलाई पराविजत गरी बिजयी भएको कांग्रेस जिल्ला निर्वाचन समितिले जनाएको छ ।

नौ वटै पालिकामा सौर्हादपूर्ण वातावरणमा अधिवेशन सम्पन्न भएको कांग्रेस जिल्ला सभापति प्रदीपकुमार देउवाले बताए । उनले भने, “सौहार्दपूर्ण वातावरणमा अधिवेशन सम्पन्न भएका छन् ।”

यसअघि जिल्लाका ६५ वडामध्ये ६२ वडामा सर्वसम्मत नेतृत्व चयन भएको थियो । जिल्लाका सायल गाउँपालिका वडा नं १ र ५ तथा जोरायल गाउँपालिका–३ मा वडामा निर्वाचन भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार