होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, मंसिर १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूर पहाडमा खाद्यान्नको अभाव चुलियो
समाचार

सुदूर पहाडमा खाद्यान्नको अभाव चुलियो

  • नागरिक रैबार
सुदूर पहाडमा खाद्यान्नको अभाव चुलियो

धनगढीः धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेसँग १९ हजार ३ सय क्विन्टल खाद्यान्न गोदाममा मौज्दात छ। धनगढी र मोहनपुर गोदाममा रहेको खाद्यान्न पहाडी जिल्लामा ढुवानी नहुँदा विशेष गरी बाजुरामा खाद्यान्नको चरम अभाव देखिएको छ। चाडपर्व नजिकिएसँगै जिल्लाको मार्तडी र कोल्टी डिपोमा खाद्यन्न मौज्दात शुन्य देखिएको हो। तर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीले भने पहाडी जिल्लाको बाटो अवरुद्ध भएका कारण खाद्यान्न ढुवानी गर्न समस्या भइरहेको बताएको छ।

धनगढी र मोहनपुर गोदाममा १२ हजार ५ सय क्विन्टल मोटो चामल, एक हजार ८ सय ८० क्विन्टल मसिनो चामल र ५ हजार क्विन्टल गहुँ मौज्दात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीकी प्रमुख एन्जिला बस्नेतले बताइन। ‘१९ हजार तीन सय क्विन्टल खाद्यान्न मौज्दात रहेपनि पहाडी जिल्लाको सडक अवरुद्ध भएका कारण ढुवानी गर्न समस्या भएको छ। सडक मर्मतको काम भइरहेकाले २/३ दिनभित्रै पहाडी जिल्लामा खाद्यान्न ढुवानी सुरु हुन्छ’ उनले भनिन्।

असोज १ देखि कात्तिक २४ गतेसम्म चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार लिमिटेडले प्रतिक्विन्टल ५ सय रुपैयाँ छुट दिएर खाद्यन्न बिक्रीवितरण सुरु गरेको छ। खाद्यले धनगढीस्थित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसँगको सहकार्यमा सुपथ मुल्यमा खाद्यन्न विक्रीको व्यवस्था मिलाइएको छ।

विज्ञापन

गत वर्ष धनगढी र अत्तरिया डिपोबाट नुन, चिनी र चामलको मात्र सुपथ मूल्यमा विक्री गर्दै आएकोमा यस वर्ष भने तेल, दाल, साबुन र अगरबत्ती लगायत दैनिक उपभोग्य बस्तुको समेत बिक्री हुँदै आएको छ। चिनी प्रतिकिलो ८९ रुपैयाँमा बिक्री गर्ने गरी मूल्य निर्धारण गरिएको भएपनि अहिलेसम्म चिनी आइनपुगेका कारण बजारमा चिनीको चरम अभाव देखिएको छ। यस्तै पहाडी जिल्लामा सुपथ मूल्य पसल सञ्चालन गर्ने कर्पोरेशनको कुनै योजना नभएको धनगढीस्थित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सहायक महाप्रवन्धक केशवराज पाण्डेले बताए। ‘तर पालिकाहरुले सुपथ मूल्य पसल सञ्चालनका लागि स्थानीय प्रशासनको सिफारिस पत्र लिएर आएमा हामीले सुपथ मूल्यमै दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने छौँ’ उनले भने।

गत वर्ष साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीले एक करोड ५० लाख भन्दा बढीको दैनिक उपभोग्य सामग्री बिक्री गरेको थियो। सबैभन्दा बढी चिनी बिक्री गर्दै आएको साल्ट ट्रेडिङ धनगढीसँग यस वर्षको चाडपर्वका लागि भने अहिलेसम्म कहिँकतैबाट चिनी प्राप्त भएको छैन। बजारमा चिनीको मूल्य प्रतिकिलो ९० देखि ९५ रुपैयाँ छ। तर साल्ट ट्रेडिङ कर्पोरेशनले चिनीको मुल्य ८९ रुपैयाँ निर्धारण गरेको भएपनि डिपोमा अझै चिनी आइपुगेको छैन। प्रतिकिलो १८ रुपैयाँका दरले १२ सय ७० किलो नुन बिक्री गरेको कर्पोरेशनसँग चिनीको मौज्दात भने शुन्य देखिएको हो।

चिनीबाहेक धनगढी र अत्तरिया डिपोबाट २ सय ७२ जनाले सुपथ मूल्यमा दैनिक उपभोग्य सामग्री खरिद गरेका छन्। उपभोक्ताले चिनीको माग गरेको भएपनि आपूर्ति गर्न नसकिएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड धनगढीका सहायक महाप्रबन्धक पाण्डेले बताए।

यस्तै सुपथ मूल्य पसलबाट बजारमुल्यभन्दा हरेक सामान ५ देखि १० रुपैयाँ सस्तोमा पाउन सकिने सहायक महाप्रवन्धक पाण्डेले भने। असोज १ गतेदेखि १० गतेसम्म १ लाख ४४ हजारको सामान सुपथ मूल्य पसलबाट बिक्री भइसकेको उनले बताए।

दिनेश खबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार