होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • वर्षाले भत्किएका सडकको तत्काल निर्माण गर्न संसदीय समितिको निर्देशन
समाचार

वर्षाले भत्किएका सडकको तत्काल निर्माण गर्न संसदीय समितिको निर्देशन

  • नागरिक रैबार
वर्षाले भत्किएका सडकको तत्काल निर्माण गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ — प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले बडा दसैंलाई मध्यनजर गर्दै वर्षाका कारण क्षति भएका सडकहरुको निर्माण तत्काल सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । सिंदरबारमा आइतबार बसेको समिति बैठकले वर्षाका कारण क्षति भएका सडकहरुको निर्माणलाई तत्काल सम्पन्न गर्न गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकमा समिति सभापति कल्याणीकुमारी खड्काले समितिको बैठकले कोरोना महामारीलाई मध्यनजर गर्दै सवारी सानधमा सिट क्षमताअनुसार यात्रु राख्न, स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न, लामो दूरीमा चल्ने यात्रुहरुको भाडादर देखिने ठाउँमा टास्न, भौतिक रुपमा लामबद्ध भएर टिकट काट्ने व्यवस्था हटाइ अनलाइन प्रणालीबाट टिकट बुकिङको व्यवस्था गर्न,अनलाइनबाट टिकट खरिद गर्दा भाडादरमा केही छुट गर्ने लगायतका कुराहरुको प्रभावकारी अनुगमन गर्न यातायात मन्त्रालयलाई निर्देशन दिइएको बताइन् ।

उनले सातै प्रदेशमा समितिको २०७५ असोज १० को निर्देशन ऐन अहिले पनि उपयुक्त हुने भएकोले पुन: कार्यान्वयन गर्न/गराउन यातायात मन्त्रालय र ट्राफिक प्रहरी महाशाखालाई निर्देशन दिएको पनि बताइन् ।

विज्ञापन

सभापति खड्काकाअनुसार ५० करोड रुपैयाँभन्दा बढी लागतका आयोजनाहरुलाई मात्र वर्षीय आयोजनाको रुपमा कार्यान्वयन गर्नेगरी बनाइएको मापदण्डले पूर्वाधार विकासमा आवश्यक रहेका धेरै आयोजनाहरु कार्यान्वयन नहुने र अव्यवहारिक हुने भएकोले सो मापदण्ड तत्काल पुनरावेदन गर्ने व्यवस्था मिलाउन समितिले यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । सभापति खड्काले सम्बन्धित मन्त्रालयअन्तर्गतका निर्माणाधीन अवस्थामा रहेका सडक, वैकल्पिक सडक, तथा पूर्वाधार विकासका कामहरु आवश्यक श्रोतकोष निश्चितता गरी समयमै सम्पन्न गर्न यातायात मन्त्रालयलाई निर्देशन दिइन् ।

सभापति खड्काले ५ दिन यात्रुहरुको सहजताका लागि सवारीसाधन जाँच नगरी सहज सुविधा दिने निर्णयलाई २ दिन थपेर हप्ता दिन बनाउन पनि सरकारलाई सचेत गराइन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार