होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गाउँपालिका कार्यालय पुग्न तुइनकै भर
समाचार

गाउँपालिका कार्यालय पुग्न तुइनकै भर

  • नागरिक रैबार
गाउँपालिका कार्यालय पुग्न तुइनकै भर

धनगढीः दोस्रोपटक प्रधानमन्त्री बनेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तुइन हटाउने पहिलो निर्णय प्रमाणीकरण गरे। उनीभन्दा अघिका सरकारले पनि तुइन विस्थापन गरी झोलुङ्गे पुल बनाउने निर्णय भने नगरेका होइनन् तर केपी शर्मा ओली सरकारकोे पालामा यसले बढी चर्चा पायो। तर चर्चा पाएअनुसार काम नभएको देशभर अझै सञ्चालनमा रहेका सयौं तुइनले पुष्टि गर्छ।

हुम्लामा पनि तुइन विस्थापन भई झोलुङ्गे पुलमा स्तरोन्नति हुन बाँकी रहेको छ। जसले गर्दा जोखिमपूर्ण तुइनकै भरमा नदी तर्न स्थानीय बाध्य हुँदै आएका छन्। यहाँका स्थानीयमात्रै होइन गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत नै तुइनमा यात्रा गर्न बाध्य छन्। सदरमुकाम सिमकोटसँग जोडिएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत कर्णाली नदीमाथिको तुइनकै भरमा कार्यालयमा आउजाउ गर्दै आएका हुन्।

गाउँपालिका केन्द्र याङ्चु बजार जान तुइन नै तर्नुपछ। अधिकृत विष्णुबहादुर शाहीले पुल नभएपछि कार्यालय जान र घर फर्कन तुइन तर्नुपर्ने बाध्यता रहेको बताए। खार्पुनाथ गाउँपालिका–४ स्थायी घर भएका उनी एक महिना अगाडि सरुवा भएर गाउँपालिकामा आएका हुन्। उनी माझा गाउँमा रहेको घरबाट एक घण्टाको पैदल हिँडेपछि कर्णाली नदीमाथिको तुइन चढेर कार्यालय पुग्नुपर्ने बाध्यता रहेको सुनाए।

विज्ञापन

उनलाई वर्षाको बढेको कर्णाली नदीमाथिको तुइन चढ्न डर लागे पनि अन्य विकल्प भने छैन। कार्यालयमा आवासको व्यवस्था भइनसकेको कारण घरबाटै उनी कार्यालय आउजाउ गर्दै आएका छन्। उनीसँगै छिप्रा गाउँ स्थायी घर भएका गाउँपालिका अध्यक्ष कर्णबहादुर रावल पनि तुइनकै भरमा कार्यालय पुग्छन्। उनले निर्वाचनमा विजयी भएदेखि सोही तुइनबाट गाउँपालिका र घर ओहोरदोहोर गर्दै आएका छन्।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार