होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • एमाले केन्द्रीय कमिटीकाे बैठक छाडेर हिँडे रावल
Breaking News

एमाले केन्द्रीय कमिटीकाे बैठक छाडेर हिँडे रावल

  • नागरिक रैबार
[sharethis-inline-buttons]
एमाले केन्द्रीय कमिटीकाे बैठक छाडेर हिँडे रावल

धनगढीः नेकपा एमालेभित्र देखिएको विवाद समाधान गर्न भएको दश बुँदे सहमति कार्यान्वयनमा नेतृत्व गम्भीर नभएपछि माधव नेपाल छोडेर एमालेमै रहेका नेताहरू असन्तुष्ट छन्। यसैक्रममा नेकपा एमालेका उपाध्यक्ष भीम रावल जारी केन्द्रीय कमिटी बैठकबाट बाहिरिएका छन्। उनलाई आइतवारै बसेको स्थायी कमिटी बैठकमा आफ्ना कुरा राख्न भनिएको थियो। तर उनले त्यहाँ आफ्नो केही कुरा नरहेको बताएका थिए।

रावलले आफूले समय आएपछि बोल्ने भन्दै मौन बसेका थिए। त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकमा पनि केही बेर बसेर उनी बाहिरिएका हुन्। असार २७ को १० बुँदे सहमति अनुसार पार्टीलाई २०७५ जेठ २ को अवस्थामा लैजानुपर्ने अडान राख्दै आएका रावल आइतवार बसेको केन्द्रीय कमिटी बैठकबाट बाहिरिएका हुन्।

रावलले १० बुँदे अनुसार जेठ २ मा फर्काएर आफूलाई सुदूरपश्चिम इन्चार्जमा कायम गर्नुपर्ने अडान राख्दै आएका छन्। तर अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम इन्चार्जमा लेखराज भट्ट नै यथावत हुने बताएका थिए।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै