होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • नवजीवन अस्पतालमा सुत्केरीको मृत्युपछि तनाव
समाचार

नवजीवन अस्पतालमा सुत्केरीको मृत्युपछि तनाव

  • नागरिक रैबार
[sharethis-inline-buttons]
नवजीवन अस्पतालमा सुत्केरीको मृत्युपछि तनाव

धनगढी: धनगढीको नवजीवन अस्पतालमा तनाव सिर्जना भएको छ।अस्पतालमा सुत्केरीको मृत्यु भएपछि तनाव भएको हो। डोटीको शिखर नगरपालिका -६ की २६ वर्षीया कल्पना सिंह मल्लको मृत्यु भएको थियो। उनका आफन्तले डाक्टरको लापरबाहीका कारण कल्पनाको मृत्यु भएको आरोप लगाएका छन्। उनीहरुले अस्पतालसँग मेडिकल रिपोर्ट माग गर्दै मृत्युको यथेस्ट कारण खुलाउन भन्दै अस्पताल घेराउ गरेका छन्।

कल्पनाले जन्म दिएको बच्चा एनआईसीयूमा रहेको अस्पतालले जनाएको छ। अस्पतालमा सुरक्षाका लागि प्रहरी परिचालन समेत गरिएको छ। अस्पतालका डा. निरज अर्यालले अत्याधिक रत्तश्रावका कारण सुत्केरीको मृत्यु भएको बताए। ‘नर्मल डेलिभरी भएको हो,’ उनले भने, ‘सुत्केरीको रगत गु्रप पनि ए नेगेटिभ रहेछ। त्यो ग्रुपको रगत पाउनै मुस्किल भयो। हर प्रयास गर्दा पनि जेगाउन सकिएन।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै