होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बागमती प्रदेशमा कोरोना संक्रमणका कारण ४६ जनाको मृत्यु
समाज

बागमती प्रदेशमा कोरोना संक्रमणका कारण ४६ जनाको मृत्यु

  • नागरिक रैबार
बागमती प्रदेशमा कोरोना संक्रमणका कारण ४६ जनाको मृत्यु

कोरोना संक्रमणका कारण बागमती प्रदेशमा एकैदिन ४६ जनाको मृत्य भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका १३ जिल्लामा १४ जना महिला र ३२ जना पुरुष गरि कुल ४६ जनाको संक्रमणका कारण मृत्यु भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा सबैभन्दा बढी काठमाडौं, ललितपुर र भक्तपुरका रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।  मन्त्रालयका अनुसार काठमाडौंका १३ जना पुरुष र ४ जना महिला गरी कुल १७ जनाको संक्रमणका कारण मृत्यु भएको हो ।
त्यस्तै ललितपुरका ६ जना र भक्तपुरमा ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रलायले जनाएको छ ।

त्यस्तै काभ्रेका ५ जना, नुवाकोटका ३ जना, धादिङ र दोलखा र रामेछापमा २÷२ जनाको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेहरु ३६ देखि ९२ वर्ष उमेर समूहका रहेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार