होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • अपराध
  • बाजुरामा चोरी गर्न प्रयोग हुने सामग्रीसहित एक जना पक्राउ
अपराध

बाजुरामा चोरी गर्न प्रयोग हुने सामग्रीसहित एक जना पक्राउ

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुरामा चोरी गर्न प्रयोग हुने सामग्रीसहित एक जना पक्राउ

नागरिक रैबार
बाजुरा ९ मंसिर। बाजुरामा चोरी गर्न प्रयोग हुने सामग्रीसहित एकजना प्रकाउ परेका छन्। जिल्लाको बडिमालिका नगरपालिका–७ जिल्ली(तलगाउँ) का १९ वर्षीया किसन विक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

घरमा चोरी गर्न लागेका अवस्थामा स्थानीयले फेला परी प्रहरीलाई खबर गरेपछि बिहान २ः३० बजे बाउली बजारबाट उनलाई प्रकाउ गरेर जिल्ला प्रहरी कार्यालयमा लगिएको छ। पक्राउ परेका विकको साथबाट घर तोडफोड गर्न प्रयोग गरिने छिनो, कोदालो, किला २ थान, ताला र दुई वटा मोबाइल बरामद गरिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै