होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘बाजुरा बैकुण्ठ रैछ’ बाेलको देउडा गीतको मार्तडीमा छायाकंन
समाचार

‘बाजुरा बैकुण्ठ रैछ’ बाेलको देउडा गीतको मार्तडीमा छायाकंन

  • नागरिक रैबार
‘बाजुरा बैकुण्ठ रैछ’ बाेलको देउडा गीतको मार्तडीमा छायाकंन
‘बाजुरा बैकुण्ठ रैछ’ बाेलको देउडा गीतको मार्तडीमा छायाकंन गरिदै: तस्वीर नागरिक रैबार

नागरिक रैबार/बाजुरा ८ कार्तिक। बाजुराको सदरमुकाम मार्तडीमा ‘बाजुरा बैकुण्ठ रैछ’ बोलको मौलिक देउडा गीतको छायाकंन गरिएको छ ।

No description available.
राजेन्द्र शाह विपीको शव्दमा तयार गरिएको बाजुराको संस्कृति झल्किने देउडा गीतको सोमबार मार्तडीमा छायाकंन गरिएको हो ।जिल्लाको मौलिक कला संस्कृतिलाई समेटेर तयार पारेको बाजुरा बैकुण्ठ रैछ बोलको ऐतिहासिक देउडा गीतको छायाङ्कन सदरमुकाम मार्तडीमा  गरिएको हो ।

No description available.

बाजुरा जिल्लाका हरेक क्षेत्रका मौलिक पनहरुलाई समेटेर तयार पारिएको सो गीतमा देउडा गायक प्रकाश थापा, राजेन्द्र बाजुराली र पुणर्कला विसीको स्वर रहेको छ । गीतको एरेन्ज भने विनोद बाजुरालीले गरेका छन् ।

विज्ञापन

No description available.

जिल्लाको सदरमुकाम मार्तडीको जिल्ला समन्वय समितिको प्राङ्गणमा देउडा गीत खेलिएको थियो भने देउडा गीत खेलाए पश्चात बाजुराको संस्कृति झल्कने सबै बृत्तान्त पर्दशन सहित बजारमा भुवापर्वको झल्को, अनन्ते पर्वको झल्को मागल, हुड्केउली र भोटे सेलो लगायतका पर्वहरु दृष्यमा देखाईएका छन् ।

No description available.

गीत मार्फत पहिलो पटक जिल्लाको पुरै कला संस्कृति झल्किने गरी छायाकंन गरिएको सो गीत बजारमा ल्याउन धेरै समय लागेको गीतकार राजेन्द्र शाह विपीले बताएका छन् । उनका अनुसार बहुप्रतिक्षित उक्त देउडा गीत छायाकंन आजबाट सूरु भएकोले तिहारपछि भिडियो सहित बजारमा आउने छ ।

गीतमा पहिलोपटक ड्रोन क्यामेरा समेत प्रयोग गरिएको छ । डीवी रौलेले छायाङ्कन रहेको सो गीतको निर्देशन हर्क खडायतले गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
Breaking News
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि