काठमाडौं : जल तथा मौसम विज्ञान विभागले उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाबाट सोमबार जारी मौसम बुलेटिनमा नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेको उल्लेख छ। हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ।
सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बांकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडि तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राती गण्डकी, बागमती र प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाले प्रदेश नं १ , बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र तराईका भु-भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ। देशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र तराईका भु-भागमा सामान्यतया सफादेखि आंशिक बदली रहने छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
बुधबार देशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
फेसबुक प्रतिक्रियाहरु