होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, असार ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेशनल लाईफ इन्सोरेन्सद्धारा अभिकर्तासंग अन्तरक्रिया
समाचार

नेशनल लाईफ इन्सोरेन्सद्धारा अभिकर्तासंग अन्तरक्रिया

  • नागरिक रैबार
नेशनल लाईफ इन्सोरेन्सद्धारा अभिकर्तासंग अन्तरक्रिया

नागरिक रैबार/बाजुरा ९ असोज। नेशनल लाईफ इन्सोरेन्स कम्पनि लिमिटेडको दशैं उत्सव प्रोत्साहन तथा जीवन विमा सम्बन्धि अभिकर्तासंग मार्तडीमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

नेपालकै पहिलो र अग्रणी जीवन विमा कम्पनिको रुपमा परिचित रहेको उक्त जीवन विमा कम्पनि बाजुराले शनिबार मार्तडीमा अभिकर्ताहरुलाई दशैँ उत्सव प्रोत्साहन तथा जीवन विमा सम्वन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
No description available.

बाजुरा जिल्लामा २०६७ सालमा स्थापना भएको सो विमा कम्पनिले दशैंलाई लक्षित गरी प्रोत्साहन स्वरुप कम्पनिले अभिकर्तालाई दिने सेवा बारे अन्तक्रिया मार्फत जानकारी गराईएको कम्पनिको बाजुरा शाखा प्रमुख हेमन्त नाथले बताएका छन् ।

विज्ञापन

No description available.

त्यस्तै अन्तरक्रिया कार्यक्रममा कम्पनिमा उत्कृष्ठ काम गरेवाफत वरिष्ठ अभिकर्ता नरबहादुर रोकाया, देशिन्द राई, रामबहादुर ऐर र मिना रोकाया लाई सम्मानित गरेको छ ।
No description available.

कम्पनिका शाखा प्रमुख हेमन्त नाथको अध्यक्षतामा संचालन भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि सहास नेपालका जिल्ला संयोजक तथा कम्पनिका अभिकर्ता देशिन्द्र राई रहेका थिए भने कार्यक्रमको संचालन वरिष्ठ अभिकर्ता नरबहादुर रोकायाले गरेका थिए । मार्तडीको हिलटप होटलमा गरिएको कार्यक्रममा कम्पनिका ऐजेन्ट, अभिकर्ता ४० बढीको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार