होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गुल्मीबाट चुनाव लड्छु र जितेर देखाउछु – रामकुमारी झाँक्री
समाचार

गुल्मीबाट चुनाव लड्छु र जितेर देखाउछु – रामकुमारी झाँक्री

  • नागरिक रैबार
गुल्मीबाट चुनाव लड्छु र जितेर देखाउछु – रामकुमारी झाँक्री

काठमाडौं ।  नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीकि सचिव रामकुमारी झाक्रिले आगामी निर्वाचनमा गुल्मीवाट चुनाव लड्ने घोषणा गरेकी छन् ।

पाटीको केन्द्रीय सचिव भएको भोलिपल्ट शुक्रबार गुल्मी काठमाडौ सम्पर्क मञ्च भेला आयोजक कमिटीले काठमाडौको थापागाउँमा गरेको कार्यक्रमलाई सम्वोधन गदै उनले अब आफ्नो निर्वाचन क्षेत्र गुल्मी हुने र त्यहीँबाट चुनाव लड्ने घोषणा गरेकी हुन् ।

लामो समयदेखि राजनितिमा सक्रिय रहेपनि गुल्मीलाई आफुले कहिल्यै आफ्नो भुगोल वनाउने अवसर नै नपाएको वताउदै नेतृ झाक्रिले दावी गरिन् ।उनले गुल्मीमा रामकुमारीले आफ्नो भुगोल वनाउछ भन्दै अवसरवादीहरुले सधै निषेध गरेकाले गुल्मीलाई आफ्नो निर्वाचन क्षेत्र वनाउन नसकेको भन्दै अब जिल्लाबाटै राजनीति गर्ने बताइन् ।

विज्ञापन

पाटिका केन्द्रीय सदस्यहरुलाइ जिल्लाको ईन्चार्ज वनाउने विधि प्रद्वति भएपनि गुल्मीको माटोमा जन्मेकी रामकुमारी झाक्रि केन्द्रीय सदस्य हुदा समेत जिल्लाको ईन्चार्जको त्यो जिम्मेवारी पूरा गर्ने अवसर समेत केपि वलिले नदिएको उनको गुनासो छ। उनले आफू मात्रै नभएर गुल्मीमा हिमाल थापा, श्रीराम महत जस्ता सयौ युवा नेताहरु पनि निर्वाचन लड्न तयार रहेको बताइन्।

दुईदुई पटक ससंदको हत्या गर्ने पाटीसगँ सविधानको रक्षा गरेर अगाडि वढेको नेकपा एकीकृत समाजवादी पाटीका नेताहरु निर्वाचन लडने उनको भनाई थियो ।

प्रतिनिधि सभा सदस्य समेत रहेकी नेतृ झाक्रिले एमालेका मान्छेहरु अब के भनेर ससंदको निर्वाचनमा भाग लिन्छन त्यो हेर्न वाकि रहेको बताइन् । ‘के उनिहरु हामीलाई भोट दिनुस ६ महिनामा ससंद विघटन गरेर आउछौ भन्दै भोग माग्लान त ?’ उनले प्रश्न गरिन्, ‘संविधानको धज्जी उडाउने केपी वली कम्पनीको एमालेलाई ससंदको निर्वाचनमा मत माग्ने नैतिक अधिकार समेत छैन ।’

माधव नेपाललाई वोकेर विद्रोह गर्न लगाउने १० जना नेताहरु सवैभन्दा वढि अवसरवादी समेत उनले आरोप लगाइन् । विचार र सिद्धान्त विनाको चिन्हले निर्वाचन जित्ने दाउमा रहेका अवसरवादीहरुलाई आगामी निर्वाचनमा जनताले देखाईदिने उनको दावी थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार