होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ओली र रावलबीच भएको त्यो वाकयुद्ध…
समाचार

ओली र रावलबीच भएको त्यो वाकयुद्ध…

  • नागरिक रैबार
ओली र रावलबीच भएको त्यो वाकयुद्ध…

धनगढी: संसद विघटनपछि सुरु भएको वाकयुद्धमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले एक पक्षको नेतृत्व गरिरहेका थिए भने अर्को पक्षको नेतृत्वमा उनकै पार्टीका उपाध्यक्ष भीम रावल थिए।

झण्डै सात महिनासम्म ओलीको निशानामा रावल र रावलको निशानामा ओली परे। तत्कालिन प्रधानमन्त्री ओलीले पुस पहिलो साता पहिलो पटक संसद विघटन गरेपछि माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डसंगै विरोधमा उत्रिएका थिए एमाले उपाध्यक्ष रावल।

१२ पुसमा धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै रावलले भनेका थिए, ‘अहिले न सरकारलाई मन्त्रिपरिषद् विस्तारको अधिकार छ न प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटनको अधिकार थियो। अहिले मन्त्रीमण्डलमा गएकाहरू सत्ताको गुलियो चाट्न मात्र गएका हुन्।’ सोही कार्यक्रममा रावलले प्रधानमन्त्री ओलीले एकातिर संविधान कुल्चिएर प्रतिनिधिसभा विघटन गरेको, अर्कोतिर पदबाट राजीनामा नदिइ संविधान विपरीत मन्त्रिपरिषद् पुनर्गठन गरेको आरोप पनि लगाए थिए।

विज्ञापन

उनले प्रधानमन्त्री ओलीबाट राष्ट्रघात भएको पनि आरोप लगाएका थिए। विघटनलाई अलोकतान्त्रिक, असंवैधानक र निरंकुशतावादी कदमको संज्ञा दिदै रावलले मुलुकलाई प्रतिगमनतर्फ धकेल्न खोजेको, राज्यसत्ताको चरम दुरुपयोग गरेकोलगायतका आरोप लगाए। १२ पुसमा धनगढी पुगेर ओलीमाथि रावल खनिएका थिए भने २५ पुसमा तत्कालिन प्रधानमन्त्री ओली धनगढी पुगे।

‘अछामको एउटा केटो, म जेल बस्या बेला बाटामा हिँड्दा हिँड्दै पुलिसले समातेर ल्याएछ। भेटाएर मैले राजनीतिकरण ग¥याथिएँ,’ रावलप्रति लक्षित गर्दै धनगढीमा आयोजित सभामा ओलीले भनेका थिए, ‘अहिले त कुराकानी सानातिना छैनन्। नानी भन्दा नाना ठूलो, मान्छे भन्दा कुरा ठूलो। नाम भन्नुपर्दैन, तपाईंले चिन्नुहुन्छ। यस प्रदेशको विकासको समस्या हुन्, ती मान्छे। अब त्यो समस्याको समाधान भएको छ।’ ओलीले आफ्नाविरुद्ध लागेको भन्दै सुरुमा रावललाई एमाले सुदूरपश्चिमको इञ्चार्जबाट हटाए। त्यसपछि पार्टीबाटै निलम्बन गरे।

तर विगतमा एकअर्काको निशानामा पर्दै आएका ओली र रावल अहिले आएर फेरि मिलेका छन्। विघटनपछि ओलीविरुद्ध खनिएका रावलले अहिले आएर ओली सामू आत्मसर्मपण गरेका छन्। ओली निवास बालकोटमा सोमबार भएको छलफलपछि ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्न आफू तयार रहेको बताएसंगै ओली र रावलको पुर्नमिलन भएको हो।

विगतमा सुदूरपश्चिममा विकास गर्न भीम रावलले नै समस्या ल्याएको भन्दै भाषण गरेका ओलीले फेरि प्रदेशको इञ्चार्ज रावलाई बनाउँछन् वा माओवादीबाट एमाले प्रवेश गरेका लेखराज भट्टलाई जिम्मेवारी दिन्छन् ? चाँसोको विषय बनेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार