होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज २७, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • सम्धीबाट पनि माधव नेपालले धोका खाएपछि..
राजनीति

सम्धीबाट पनि माधव नेपालले धोका खाएपछि..

  • नागरिक रैबार
सम्धीबाट पनि माधव नेपालले धोका खाएपछि..

काठमाडौं, ९ भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । माधव नेपालको नेतृत्वमा उक्त दल दर्ता भएको हो । आयोगले दलको प्रमाणपत्र आजै दिने तयारी गरेको छ । माधव नेपालको दलमा हस्ताक्षर गर्न पुगेका सोमप्रसाद पाण्डेको हस्ताक्षर भने आयोगले सनाखत गरेन । दल विभाजनको लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेको दिन पाण्डेको हस्ताक्षर नभएकोले आयोगले आज उनको हस्ताक्षर सनाखत गरेन ।

रोचक त के भने पाण्डे माधव नेपालका सम्धी हुन् । लामो समयसम्म नेता पाण्डेले सम्धीसमेत रहेका माधव नेपाललाई साथ दिएका थिए । तर, दल विभाजनको लागि भने उनले नेता नेपाललाई साथ दिएनन् । कतिपयले भने आज पाण्डेले दोहोरो चरित्र देखाएको पनि टिप्पणी गरेका छन् । उनी आफ्नो सनाखत नहुने थाहा पाउँदा पाउँदै पनि माधव नेपालको पार्टीमा सनाखत गर्न आयोग गएको बताईएको छ ।

आयोगका पदाधिकारीसँग भने अध्यक्ष नेपालले पनि सोमप्रसाद पाण्डेसहित अन्य नेताहरुको सनाखतको लागि आग्रह गरेका थिए । त्यतिवेला नेपाल र आयोगका पदाधिकारबीच चर्काचर्की नै परेको थियो । एमालेभित्र भने पाण्डेले आज निर्वाचन आयोगमा पुगेर सम्धी नेपालप्रति सहानुभूति मात्रै देखाएको टिप्पणी गरेका छन् । स्वयम माधव नेपालनिकट नेताहरुले पनि सम्धी पाण्डेले समेत माधव नेपाललाई धोका दिएको रुपमा चित्रण गरेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
राजनीति
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • १ महिना अगाडि