होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २३, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • आउन चाहनेलाई ढोका खुलै राखेका छौं : रामकुमारी झाँक्री
राजनीति

आउन चाहनेलाई ढोका खुलै राखेका छौं : रामकुमारी झाँक्री

  • नागरिक रैबार
आउन चाहनेलाई ढोका खुलै राखेका छौं : रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले निर्वाच आफूहरुको पार्टीमा आउन चाहने एमाले नेताहरुका लागि ढोका खुलै रहेको बताएकी छन् ।

बुधबार निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत गर्न पुगेकी उनले पत्रकारहरुसँगको कुराकानीमा आफूहरुको अभियानमा सामेल हुन चाहेका लागि ढोका खुलै रहेको बताइन् ।

 

हामी एक प्रकारको कम्युनिस्ट आन्दोलनको पुनर्जागरणको चुनौतीपूर्ण र गौरवपूर्ण बाटोबाट हिँडेका छौं, यो अभियानमा सहमत हुनेहरु सामेल हुने हो’ उनले भनिन्, ‘हामो चाहनाले को आउने र नआउने भन्ने हुँदैन, त्यही भएर उहाँहरुलाई ढोका ओपन नै राख्नुपर्छ ।’

नेतृ झाँक्रीले निर्वाचन आयोगले दिल्लीमा उपचाररत नेता झलनाथ खनाललाई पनि सनाखतको अवसर दिने आशा राखेकी छन् । नयाँ दल गठन गर्दा सशरीर उपस्थित भएर सनाखत गर्नुपर्ने व्यवस्था भए पनि विगतको अभ्यास अनुसार कानुन व्यवसायी मार्फत सनाखत गर्न दिनुपर्ने उनले बताइन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
राजनीति
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ४ हप्ता अगाडि