होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, असार ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाल र ठाकुर ११ बजे निर्वाचन आयोग जाँदै
समाचार

नेपाल र ठाकुर ११ बजे निर्वाचन आयोग जाँदै

  • नागरिक रैबार
नेपाल र ठाकुर ११ बजे निर्वाचन आयोग जाँदै

काठमाडौं, भदौ ९ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी (लोकतान्त्रिक) पार्टी दर्ता प्रक्रियाका लागि सनाखत गर्न निर्वाचन आयोग जाने तयारीमा जुटेका छन्।

अहिले बिहान १० बजे रत्नपार्कस्थित शान्तिवाटिकामा भेला हुने र त्यहाँबाट निर्वाचन आयोग जाने तयारी भईरहेको स्रोतले जनाएको छ ।नेकपा एकीकृत (समाजवादी) एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको हो भने (लोकतान्त्रिक) समाजवादी पार्टी जसपा अध्यक्ष महन्थ ठाकुर नेतृत्वको हो ।

आयोगले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिँदा नाम समावेश गरेका पदाधिकारी र केन्द्रीय सदस्य तथा सांसदहरूलाई अहिले बिहान ११ बजेदेखि २ बजेसम्म सनाखतका लागि समय दिएको छ ।

विज्ञापन

आयोगले नयाँ दल दर्ताको प्रक्रियामा आवश्यक पर्ने कानुनी व्यवस्थाअनुसार दुवै दलकातर्फबाट दल दर्ताका लागि निवेदन दिँदा पक्षमा रहेर हस्ताक्षरसहित नाम बुझाएका केन्द्रीय सदस्य र सांसदलाई सनाखतमा हाजिर हुन भनेको छ ।

त्यस्तै, केन्द्रीय सदस्यहरुलाई भौतिकरूपमै उपस्थित भएर सनाखत गर्न समेत आयोगले आग्रह गरेको छ । आयोगले सनाखतका क्रममा २०७५ जेठ २ गते कायम एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीलाई मान्यता दिने निर्णय गरेको छ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै