होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • विगतका गल्तीको समीक्षा गरेर कार्यदलको सुझाव अनुसार पार्टीलाई अगाडि बढा‍औं : भीम रावल
राजनीति

विगतका गल्तीको समीक्षा गरेर कार्यदलको सुझाव अनुसार पार्टीलाई अगाडि बढा‍औं : भीम रावल

  • नागरिक रैबार
विगतका गल्तीको समीक्षा गरेर कार्यदलको सुझाव अनुसार पार्टीलाई अगाडि बढा‍औं : भीम रावल

काठमाडौँ — एमाले उपाध्यक्ष भीम रावलले विगतका गल्ती र कमीजोरीको समीक्षा गरेर कार्यदलले दिएको सुझाव अनुसार पार्टी गतिविधि अगाडि बढाउनुपर्ने बताएका छन् ।एमाले एकता अभियान सञ्चालन गरिरहेका एमालेका २७ जना सांसदहरुसँग छलफल गर्दै एमाले एकता कार्यदलका माधव नेपाल पक्षका संयोजकसमेत रहेका रावलले कार्यदलले दिएको १० बुँदै सहमति अनुसार अघि बढ्नुपर्ने बताएका हुन् ।

 

‘हिजो हामी दुईवटा पक्षका रुपमा थियौं । अहिले हामी एकताको नजिक छौं । सहमतिमा अगाडि बढ्न सक्छौं,’ उनले भने,’देशभरमा विभिन्न कमिटीमा संगठित र क्षमतावान् कार्यकर्ताहरुले हामीलाई हेरेका छन् । त्यसकारण अब विवादको क्षेत्र तथा कारणहरु बाँकी छैनन् । विगतका गल्ती कमजोरीलाई समीक्षा गर्ने बेला भएको छ । हिजोका दिन मन पनि फाटेका थिए । समयसँगै अब अन्तरविरोधहरु कम गर्दै जाँदा हट्दै जान्छन् । कार्यदलले सहमति गरिसकेको छ । अब अगाडि बढ्नुपर्छ । ‘

संसद् सचिवालयमा भएको उक्त छलफलमा नेपाल समूहका सांसद यज्ञराज सुनुवारले सञ्चालन गरेका थिए । कार्यक्रममा एमाले कार्यदलका दुवै पक्षका सांसदहरुको उपस्थिति थियो । छलफलकै क्रममा सुरेन्द्र पाण्डे र रघुजी पन्त बैठकबाट बाहिरिएका थिए ।

छलफलमा सांसदहरुले कार्यदलले पारित गरेको दस बुँदे प्रस्ताव कार्यान्वयन गर्न कार्यदलका सदस्यहरुलाई धन्यवाद दिएका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ हप्ता अगाडि