होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • बाटाे बिराएकाहरू फर्केर आउनुस्, एमाले देशकाे मुख फेर्ने पार्टी हाे : अध्यक्ष ओली
राजनीति

बाटाे बिराएकाहरू फर्केर आउनुस्, एमाले देशकाे मुख फेर्ने पार्टी हाे : अध्यक्ष ओली

  • नागरिक रैबार
बाटाे बिराएकाहरू फर्केर आउनुस्, एमाले देशकाे मुख फेर्ने पार्टी हाे : अध्यक्ष ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गर्नुभएको छ । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को सचिवालयको प्रथम बैठकलाई आज आइतवार भर्चुअल सम्बोधन गर्नु हुँदै उहाँले यस्ताे आग्रह गर्नुभएको हो । उहाँले यसअघि पनि बाटो बिराएकालाई आममाफी दिने घोषणा गर्नुभएको थियो ।

‘बाटो बिराएकालाई पनि फर्केर आउन आग्रह गर्छु, पार्टीको नीति र सिद्धान्तअनुसार चल्नुपर्छ’, उहाँले भन्नुभयो, ‘पार्टीलाई स्वार्थ र बिकाउमा नलगाऔँ, देशको सबैभन्दा बढी जनसङ्ख्या एमालेमा छन्, परिपक्क राजनीतिक पार्टी हो, यो देशको मुख फेर्ने पार्टी हो ।’

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले पार्टीलाई नमुना बनाइ सुशासन र विकासका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘राजनीतिलाई बेठिक बाटोमा लान खोजिँदैछ, राजनीतिलाई संसदबाट अलग्याउन खोजिँदैछ, राजनीतिलाई राजनीतिबाट अलग्याइँदैछ, त्यही सम्झेर मैले नागरिकमा जानुपर्छ भनेर निर्वाचनको घोषणा गरेको थिएँ ।’

विज्ञापन

अध्यक्ष ओलीले एमाले पनि भन्न नछाड्ने, अनुचित क्रियाकलापमा सहभागी हुने क्रियाकलाप अपराध विषय भएको र यसले लोकतान्त्रिक आन्दोलनलाई असर परेको बताउनुभयो । ‘एकछिन आकाशमा बादल आउन सक्छ, एकछिन ओझेल पार्न सक्छ तर एकछिनपछि सूर्यले प्रकाश दिन्छ नै’, उहाँले भन्नुभयो, ‘सही विचार र सही मार्गकाे आवश्यकता छ, त्यसका लागि महिला जगतकाे ठूलो सहयोग चाहिन्छ ।’

उहाँले सामाजिक जीवनका हरेक क्षेत्रमा महिला सहभागिता वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । सङ्घकी संयोजक थममाया थापाले पार्टीलाई सङ्गठित भएर अगाडि बढाउनुपर्ने र यसका लागि योजनाबद्ध तरिकाले अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ हप्ता अगाडि