नेपालकै नम्बर १ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’बाट कर्णराज गिरी र निहारिका ज्ञवाली बाहिरिएका छन् । शुक्रबार बेलुका भएको उत्कृष्ट १० को प्रतिष्पर्धामा कर्णराज बाहिरिएका हुन् भने शनिबार बेलुका भएको उत्कृष्ट ९ को प्रतिष्पर्धामा निहारिका बाहिरिएकी हुन् । कर्णराज टीम तृष्णाबाट प्रतिष्पर्धामा थिए भने निहारिका टीम प्रमोदबाट प्रतिष्पर्धामा थिइन् । भोट कम पाएपछि यी दुई प्रतिष्पर्धी शोबाट बाहिरीएका हुन् ।
योसँगै आगामी शुक्रबार उत्कृष्ट ८ प्रतिस्पर्धीबीच प्रतिस्पर्धा हुनेछ । टीम दीपबाट आर्यन तामाङ र गोभिन पुनबीच प्रतिस्पर्धा हुनेछ भने टीम राजुबाट सोनाम शेर्पा र तारा श्रीषबीच प्रतिष्पर्धा हुनेछ । त्यस्तै, टीम प्रमोदबाट किरण गजमेर र रवी गहतराजबीच प्रतिष्पर्धा हुनेछ भने टीम तृष्णाबाट अफ्रिता खड्गी र ज्वाला राईबीच प्रतिस्पर्धा हुनेछ ।
यो प्रतिष्पर्धापछि हरेक टीमले एक एक जना विजेता प्राप्त गर्नेछ । ८ प्रतिष्पर्धीहरुको लागि भोटिङ खुला गरिएको छ । ‘द भ्वाइस अफ नेपाल’ हिमालय टेलिभिजनबाट शुक्रबार र शनिबार बेलुका ८ बजे प्रशारण हुँदै आएको छ ।
फेसबुक प्रतिक्रियाहरु