होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • एमाले फुट्दा काे नेता कतातिर ? (सूचिसहित)
राजनीति

एमाले फुट्दा काे नेता कतातिर ? (सूचिसहित)

  • नागरिक रैबार
एमाले फुट्दा काे नेता कतातिर ? (सूचिसहित)

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई कारबाही गरेको छ। उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको हो। स्थायी कमिटीको सोमबार बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो।

बैठकले शनिबार स्पष्टिकरण मागिएका झलनाथ, माधव र भीम रावलसहित ११ जनालाई पार्टीको अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा निष्कासन गरेको एक स्थायी कमिटी सदस्यले बताए। निष्कासनमा पर्नेमा समानुपातिकबाट सांसद बनेका रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, कलिला खातुन, सरला यादव, पुष्पाकुमारी कर्ण, निरादेवी जैरु, पुष्पा कर्ण कायस्थ र कल्याणी खड्का समेत छन्।

देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने भन्दै सर्वोच्च अदालतमा दायर रिटमा हस्ताक्षर गर्ने एमाले सांसदहरु सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ।

विज्ञापन

एमालेको सम्भावित विभाजनसँगै कुन नेता कता लाग्छन् भन्ने चासो बढेको छ। वामदेव गौतम नवौं महाधिवेशनमा ओली समूहबाट निर्वाचित उपाध्यक्ष हुन्। तर, उनी अहिले ओलीको पक्षमा छैनन्। पाण्डे, बिष्ट र भट्टराई पनि नवौं महाधिवेशनका निर्वाचित पदाधिकारी हुन्। नवौं महाधिवेशनको निर्वाचित पदाधिकारीमध्ये ५ जना पदाधिकारी ओली पक्षमा छन्।

यथास्थितिमा ९ जना पदाधिकारी माधव नेपाल पक्षधर छन्। उपाध्यक्ष निर्वाचित विद्यादेवी भण्डारी राष्ट्रपति भइसकेकाले उक्त पद खाली भएको थियो । निर्वाचित उपाध्यक्ष बामदेव गौतम अहिलेसम्म तटस्थ छन्।

केपी शर्मा ओली पक्षधर पदाधिकारी र स्थायी कमिटी सदस्य

१.केपी ओली, अध्यक्ष

२. इश्वर पोखरेल, महासचिव

३. प्रदिप ज्ञवाली, सचिव

४. पृथ्वी सुब्बा गुरुङ, सचिव

५. विष्णु पौडेल, उपमहासचिव

स्थायी कमिटी सदस्य

६. शंकर पोखरेल

७. सत्यनारायण यादव

८. सुवास नेम्वाङ

९. विष्णु रिमाल

माधव नेपाल-झलनाथ खनाल पक्षधर पदाधिकारी र स्थायी कमिटी सदस्य

१. माधवकुमार नेपाल, वरिष्ठ नेता

२. झलनाथ खनाल, वरिष्ठ नेता

३.अष्टालक्ष्मी शाक्य, उपाध्यक्ष

४. भिम रावल, उपाध्यक्ष

५. युवराज ज्ञवाली, उपाध्यक्ष

६. घनश्याम भुषाल, उप महासचिव

७. भिम आचार्य, सचिव

८.योगेश भट्टराई

९.गोकर्ण विष्ट

 

स्थायी कमिटी सदस्य

१०. सुरेन्द्र पाण्डे

११. मुकुन्द न्यौपाने

१२. रघुजि पन्त

१३. बेदुराम भुषाल

१४. अमृत बोहोरा पदेन स्थायी कमिटी सदस्य

उपाध्यक्ष बामदेव गौतम तटस्थ

(एमालेको नवौं महाधिवेशनबाट निर्वाचित र मनोनित पदाधिकारी)

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार