होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • वडा अध्यक्षको निधनपछि वडा कार्यालयको कामकाज प्रभावित
समाचार

वडा अध्यक्षको निधनपछि वडा कार्यालयको कामकाज प्रभावित

  • नागरिक रैबार
वडा अध्यक्षको निधनपछि वडा कार्यालयको कामकाज प्रभावित

नागरिक रैबार/बाजुरा ११ जेठ। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष विनोद कुमार विकको निधनपछि वडा कार्यालयको दैनिक कामकाज प्रभावित भएको छ ।

वडा अध्यक्ष विकको कोरोनाका कारण गत बैशाख २५ गते निधन भएपछि वडा कार्यालयको दैनिक कामकाज २ सातादेखि प्रभावित भएको होे ।

वडा अध्यक्षको निधनपछि निर्वाचित ४ जना वडा सदस्यहरु मध्ये वडामा कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी कसले सम्हाल्ने भन्ने एकिन हुन नसकेपछि वडाबाट प्रवाह गरिने दैनिक कामकाज प्रभावित बनेको सेवाग्राहीले बताएका छन् ।

विज्ञापन

वडा अध्यक्ष विककोे निधन भएको झण्डै २ साता पुगेकोे छ । वडामा कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी कसले लिने भन्ने बारेमा निर्वाचित वडा सदस्यहरु नै अहिले अन्योलमा परेका छन् ।

यस अघि वडा अध्यक्ष बाहिर हुँदा वडामा कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी वडा सदस्य लालचन्द्र नेपालीले सम्हाल्दै आएका थिए ।

अहिले वडामा दैनिक जसो आउने सेवाग्राहीहरु विभिन्न काम लिएर आउँछन् । वडामा कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी कसैले नपाएपछि वडा कार्यालयको दैनिक कामकाजमा बाधा पुगेको वडा सचिव गोरख रावलले बताएका छन् ।

वडा सचिवले वडामा गर्न सक्ने कामहरु गरिरहेकै छौं । वडामा निर्वाचित वडा सदस्यहरुको सहमतिबाट एकजनाले कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी लिएपछि वडामा रोकिएका कामहरु  हुनेछन् वडा सचिव रावलले भने ।

आर्थिक वर्षका लागि वडा स्तरबाट छनोट गर्ने योजनाहरु अन्य वडाले छनोट गरि नगरपालिकामा पेश गरिसेकेका छन्  तर ९ नम्बर वडामा कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी कसैले नपाएपछि वडा स्तरका योजना छनोट समेत गर्न सकिएको छैन् ।

निधन भएका वडा अध्यक्ष विकसहित वडाको पुरै कार्यसमिति नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
यता बडीमालिका नगरपालिकाले भने वडा समिति भित्रकै एकजनालाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी दिनेगरी सहमति गर्ने निति छ ।

तर वडा समितिका चार जनाले अहिले सम्म एकजनालाई सहजै सहमति गर्न नसकेपछि कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी चार जना वडा समितिका सदस्य मध्य एकजनालाइ दिने गरी नगरपालिकाले छलफल गर्ने बडीमालिका नगरपालिकाले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ५ दिन अगाडि

भर्खरै