होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपालको नागरिकता सिनेमाको टिकटभन्दा सस्तो बनाए : नारायणमान बिजुक्छे
समाचार

नेपालको नागरिकता सिनेमाको टिकटभन्दा सस्तो बनाए : नारायणमान बिजुक्छे

  • नागरिक रैबार
नेपालको नागरिकता सिनेमाको टिकटभन्दा सस्तो बनाए : नारायणमान बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ ले नेपालको नागरिकता सिनेमाको टिकटभन्दा सस्तो बनाइएको टिप्पणी गरेका छन् । रातोपाटीसँग कुरा गर्दै अध्यक्ष बिजुक्छेले कुनै एक दलले मात्र नभई शासन सत्तामा जाने राजनीतिक दलले आफ्ना सत्ता स्वार्थका लागि देशको नागरिकतालाई सस्तो बनाएको उल्लेख गरे ।

२०६२/६३ को जनआन्दोलनपछि अन्तरिम संविधान बनाउने क्रममा आफूले कांग्रेस सभापति शेरबहादुर देउवा, तत्कालीन एमाले महासचिव माधव नेपाल, माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर नागरिकता सम्बन्धी प्रावधान राख्दा धेरै बिचार गर्न दौडधूप गरेपनि उनीहरुले नमानेको गुनासो गरे ।

उनले भने– ‘विदेशीहरुले पनि नागरिकता पाउने गरी पास भएको छ । यसको सुरुवात २०६२–६३ को जनआन्दोलनपछि भएको हो । त्यतिबेला सबैभन्दा पहिला यो विषय बालुवाटारबाट पास गरिएको थियो । त्यतिबेला एक हप्तासम्म हामीले यसको बिरोध गर्यौ । मैले शेरबहादुर देउवालाई समातेँ, उहाँलाई अहिले नै यति धेरै जनसंख्या बढेको छ, यसमा सही ग¥र्यौँ भने देश त जान्छ भनेर समातेँ । दूतावासले दवाव दियो भने उहाँले सही गर्नुभयो हामीले नोट अफ डिसेन्ट लेख्यौँ । त्यो बेलाबाट सुरु भएको हो, अहिले त लाखौं विदेशीले नागरिकता पाइसके ।’

विज्ञापन

उनले अहिले नयाँ नागरिकता लिने जनसंख्या बढिरहेको बताउँदै नेपालको सिमा नाकाको धेरै जग्गा भारतीयले किनिसकेको बिजुक्छेको दावी गरे । उनले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिँदा देशका कार्यकारी निकायमा बिदेशी पुग्ने र मुलुक सिक्किमीकरणतिर फिजिकरणतिर जाने बिजुक्छेले बताए । उनले नेपाली जनताको हितका लागि नभई भारतको हितका लागि नेपालमा नागरिकतासम्बन्धी विवाद आउने गरेको दावी गरे ।

उनले भने–‘उत्तर प्रदेशमा वडा अध्यक्ष हारेको मान्छे पनि नेपालको सांसद भएको उदाहारण छ । यस्ता धेरै गलत क्रियाकलाप भएको छ । शासक दलहरु यति धेरै विकृत भइसकेका छन् कि आफ्नो घरको एक पैसा चलाउँदैनन् देशलाई भने खत्तम पार्दै गइरहेका छन् ।’ उनले राजनीतिक अनुशासनहीनताका कारण यस्तो समस्या आएको उल्लेख गरे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध
देश/प्रदेश
पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]

  • १ महिना अगाडि

भर्खरै