धनगढी: कञ्चनपुरकी एक वडा सदस्यद्वार प्रतिनिधि सभा पुनर्स्थापनाको खुसियालीमा शैक्षिक सामग्री वितरण गरिएको छ ।
जिल्लाको बेलडाँडी गाउँपालिका -२ की वडा सदस्य रमा भण्डारी (बिष्ट)ले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेकी हुन् ।
सर्वोच्च अदालतले विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसला गरेको खुसियालीमा सोही वडाको शैलेश्वरी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई बुधबार ५०/५० ओटा कापी र कलम वितरण गरेको वडा सदस्य भण्डारी (बिष्ट)ले बताइन् ।
फेसबुक प्रतिक्रियाहरु