होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २३, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सदरमुकाम जोड्ने जयपृथ्वी राजमार्गका पक्की पुलहरु जोखिममा
समाचार

सदरमुकाम जोड्ने जयपृथ्वी राजमार्गका पक्की पुलहरु जोखिममा

  • नागरिक रैबार
सदरमुकाम जोड्ने जयपृथ्वी राजमार्गका पक्की पुलहरु जोखिममा

बझाङ: गत कात्तिक पहिलो साताको बेमौसमी वर्षापछि आएको बाढीका कारण बझाङ सदरमुकाम चैनपुर जोड्ने जयपृथ्वी राजमार्गका पक्की पुल जोखिममा परेका छन्। जयपृथ्वी राजमार्ग र सेती लोकमार्ग जोड्ने झनाना पक्की पुल, मौरीबगरमा रहेको तारुगाड पक्की पुल, चैनपुर ताक्लाकोट सडकखण्डमा पर्ने सुनिकोट गाड पक्की पुल, नारुगौडामा र तमैलमा बन्न लागेको निमार्णाधीन पक्की पुल जोखिममा परेका हुन्।

झनाना बजारतर्फको पुलको पिल्लरमा सेती नदीको बहाबले क्षति पुर्‍याएपछि झनाना पक्कीपुलमा सवारीसाधन नचलाउन सुझाव दिएको बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए। यस्तै सेती पारीका ३ गाँउपालिका तथा बाजुरा र अछामलाई सडक सञ्जालसँग जोड्न तमैलमा निमार्ण हुन लागेको पक्की पुलको एकातर्फको पूरै भाग बगाएको छ।

बाढीले पुलमा पुर्‍याएको क्षतिका विषयमा चैनपुर ताक्लाकोट सडक परियोजनाको उत्तर खण्डले विभागमा पत्र पठाइसकेको छ। तारुगाड खोलामा आएको बाढीले दुर्गाथली गाँउपालिकाको मुख्य व्यापारिक केन्द्र मौरीबगरको तारुगाड पुल पनि जोखिममा छ। बाढीले ढुंगामाटो थुपारेपछि पुल जोखिममा परेको हो।

विज्ञापन

चैनपुर ताक्लाकोट सडक खण्डमा पर्ने सुनिकोट गाडको पुल पनि जोखिममा छ। सुनिकोट गाडमा आएको बाढीले पुलको वरपरको भू–भाग कमजोर बनाएपछि सो पुल जोखिममा परेको हो। केदारस्युँ गाँउपालिकाको नारुगौडामा निमार्णधिन पक्कीपुल पनि जोखिममा परेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै