होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, भदौ २, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बाजुराका बाढीपिडितलाई राहात उपलव्ध गराउन गृहमन्त्रीसंग नेता जोशिको माग
समाज

बाजुराका बाढीपिडितलाई राहात उपलव्ध गराउन गृहमन्त्रीसंग नेता जोशिको माग

  • नागरिक रैबार
बाजुराका बाढीपिडितलाई राहात उपलव्ध गराउन गृहमन्त्रीसंग नेता जोशिको माग

नागरिक रैबार/बाजुरा ७ कार्तिक । नेपाली काङ्ग्रेस बाजुराका पुर्बपार्टी सभापति एंव पूर्व संबिधान सभा सदस्य देबराज जोशीले गृहमन्त्री बालकृष्ण खाँडलाई भेटेर बाजुराका बाढी पिडित परिवारलाई तत्काल राहत उपलव्ध गराउन माग गरेका छन् ।

नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँडसंग आज भेटघाट गर्दै नेता जोशीले बाजुरा जिल्लामा असोज २९ देखि परेको अबिरल बर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा बाढी पहिरोले गरेको क्षती बारे अवगत गराउँदै बाढीपहिरोबाट बिस्थापित परिवारका लागि राहत तथा उद्दारका लागि उचित पहल गर्न आग्रह गरेका हुन् ।

नेता जोशिले गृहमन्त्रीसंगको भेटमा लामो समयसम्म साँफे-मार्तडी सडकखण्ड पहिरोले गर्दा अबरुद्ध भएको बारे सरकारको ध्यानाकर्षण गराउनु भएको छ । जिल्लामा हालै गएको मौरे पर्यटकिय धार्मिक क्षेत्रको क्षेति, मालागाडा जलविद्युतमा भएको क्षति, जगन्नाथ गाउँपालिकाको बाढिले बगाएको कुरा र जगन्नाथ गाउँ पालिकाको खुख्खा पहिरोले भबिष्यमा हुनसक्ने समस्या लगायतका बिषयमा ध्यानाकर्षण गराएको नेविसंघका विद्यार्थी नेता तपेश रावलले बताएका छन् ।

नेता जोशिको आग्रह पछि गृहमन्त्री खाँडले अहिलेको बाढी पहिरोबाट भएको क्षेति र विस्थापित परिवारका लागि राहत तथा उद्धारका लागि सरकार गम्भीर रहेको र लगत्तै राहात तथा उद्दारका कार्यक्रम अगाडि बढाउने आश्वाशन दिनुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
Breaking News
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ४ हप्ता अगाडि