होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • सुदूरपश्चिममा बाढीपहिराेबाट मृत्यु हुनेको संख्या ३७ पुग्यो, २२ जना अझै बेपत्ता
Breaking News

सुदूरपश्चिममा बाढीपहिराेबाट मृत्यु हुनेको संख्या ३७ पुग्यो, २२ जना अझै बेपत्ता

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सुदूरपश्चिममा बाढीपहिराेबाट मृत्यु हुनेको संख्या ३७ पुग्यो, २२ जना अझै बेपत्ता

धनगढी: सुदूरपश्चिम प्रदेशमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ। गत असोज ३१ गतेदेखिका अविरल वर्षासँगै भएको विपद्का घटनामा परी हालसम्म यस ३७ जनाको मृत्यु भएको हो। बाढीपहिरो, डुबानमा परी सुदूरपश्चिममा सबैभन्दा बढी डोटीमा मानवीय क्षति भएको छ। डोटीमा १६ जनाको मृत्यु भएको छ। यस्तै बझाङमा १२, बैतडीमा ४, डडेल्धुरामा ३, अछाम र कैलालीमा एक/एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

यस्तै बाढीपहिरोमा परेर प्रदेशमा अझै २२ जना बेपत्ता छन्। बेपत्ता हुनेमा बझाङमा १९ र बैतडी, डोटी, कैलालीमा एक/एक छन्। यस्तै विपदमा परी १७ जना घाइते छन्। डोटीमा ११, डडेल्धुरामा दुई, बैतडीमा दुई र बझाङ र बाजुरामा एक/एक जना घाइते भएका हुन्।

विपद्मा परी बाजुरा, डोटी, डडेल्धुरा, बझाङ, जिल्लामा गरी १०० बढी पशु चौपाया मरेका छन् भने ६० बढी बेपत्ता छन्। पहिराका कारण बझाङमा १२, डोटीमा छ र डडेल्धुरामा दुई गरी २० घरमा पूर्णरूपमा क्षति पुगेको छ। बाढीका कारण यहाँका २१६ घरधुरी डुबानमा परेकामा ४३० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको जनाइएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै