होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काँग्रेस बडीमालिकाको नगर सभापतिमा नेता कार्कीको उम्मेदवारी
समाचार

काँग्रेस बडीमालिकाको नगर सभापतिमा नेता कार्कीको उम्मेदवारी

  • नागरिक रैबार
काँग्रेस बडीमालिकाको नगर सभापतिमा नेता कार्कीको उम्मेदवारी

नागरिक रैबार/बाजुरा ८ असोज। नेपाली काँग्रेसको १४ औँ महाधिवेशन तथा बाजुराको ७ औं जिल्ला अधिवेशन नजिकिएसँगै काँग्रेस बाजुराका नेताहरु उम्मेदवारी घोषणा र प्रचार-प्रसारमा तिव्र तयारीका साथ लागेका छन् ।

वडापछि नगरको अधिवेशन नजिकिएसंगै नेपाली काँग्रेस बडीमालिकाको दोस्रो नगर अधिवेशनमा नगर सभापतिका लागि काँग्रेसका युवा नेता गोपाल कार्कीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

काँग्रेसले जिल्लाका सबै वडामा वडा अधिवेशन सम्पन्न गरेसँगै बडीमालिकाको नगर सभापतिका आकांक्षी रहेका नेता कार्कीले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । नगर सभापतिका लागि उम्मेदवारी घोषणा गरेका नेता कार्कीले आगामी निर्वाचनमा काँग्रेसलाई बडीमालिका नगरपालिकामा पहिलो पार्टीका रुपमा स्थापित गर्न आफ्नो उम्मेदवारी सभापतिमा रहेको बताएका छन् ।

विज्ञापन

बडीमालिका नगरपालिका वडा नं. २ घर भएका नेता कार्कीले नगर सभापति भईसकेपछि पार्टी भित्रका मतभेदलाई न्युनिकरण गरी संगठन सुधार गर्ने बडीमालिमा काँग्रेसका साधारण तथा क्रियाशिल सदस्यहरुको संख्यामा वृद्धि गर्ने लक्ष रहेको बताएका छन् ।

पार्टीमा युवा नेतृत्वलाई मौका दिनुपर्ने भन्दै उनले पार्टीको विकास र पार्टीलाई सबल एवं मजबुत बनाउँन आफ्नो उम्मेदवारी नगर सभापतिमा रहेको दावी गरेका छन् । उनले पार्टीलाई अझै शसक्त बनाउन निरन्तर खटिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

विगतमा सफल ब्यवसायिको छवि बनाएका कार्की उद्योग बाणिज्य संघका सदस्य समेत रहेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा बडीमालिका २ मा वडा अध्यक्षमा पराजित भएका कार्की पछिल्लो समयमा युवा पुस्ताको रोजाईमा पर्दै आएका छन् ।

No description available.

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार