होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपालमै पहिलोपटक यस्तो नियम, कुकुर पाल्न दर्ता गर्नुपर्ने
समाचार

नेपालमै पहिलोपटक यस्तो नियम, कुकुर पाल्न दर्ता गर्नुपर्ने

  • नागरिक रैबार
नेपालमै पहिलोपटक यस्तो नियम, कुकुर पाल्न दर्ता गर्नुपर्ने

धनगढीः पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ। पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया सुरु गरेको हो। नेपालमै पहिलोपटक कुकुर दर्ता तथा पालन अनुमतिपत्र वितरण सुरु गरेको महानगरले पहिलोपटक पोखराको वडा नम्वर ८ बाट दर्ता र पालन अनुमतिपत्र वितरणको शुभारम्भ गरेको छ।

महानगरपालिकाले कुकुरलाई सडकमा छाडा छाडने व्यक्तिलाई अब, ५ देखि १५ हजारसम्म जरिवाना तिराउने जनाएको छ।  कुकुर पालन दर्ता प्रक्रियाले पोखरालाई स्वच्छ बनाउन र रेबिजविरुद्धको खोप कार्यक्रमलाई समेत सहयोग पुग्ने पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन्। उनले कुकुर पालेर खुला बाटोमै दिसा पिसाब गराउँदा वातावरणसहित मानव स्वास्थ्यमा समेत असर पुगेको बताइन्। कुकुर पाल्नेले महानगरमा दर्ता गराएपछि रेबिजविरुद्धको खोप लगाउन समेत सहज हुने उपप्रमुख गुरुङको भनाइ छ। ‘यस अभियानले सभ्य नागरिक भएको सहरको परिचय दिनेछ, सबै मिलेर यसलाई सफल बनाउनुपर्छ,’ उनले भनिन्, ‘कुकुरलाई खुल्ला स्थानमा दिसापिसाव गराउन पाईंदैन, जनावरको पनि अधिकार हुन्छ, यसलाई परिवारकै सदस्यका रुपमा पाल्ने भएकाले व्यवस्थित रुपमा पाल्नुपर्छ।’

उपप्रमुख गुरुङले कुकुर दर्ता गर्नाले सडकमा छाडा कुकुरको कमी हुने र छाडे कारबाही गर्न पनि सजिलो हुने दाबी गरिन्। दर्ता प्रक्रियासँगै कुकुरलाई ट्याग ९चिन्ह० दिइनेछ । जसका कारण कुकुर धनी पहिचान गर्न सजिलो हुने महानगरको भनाइ छ।दिनेश खबरबाट साभार

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार