होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सीमा नाकामा जोडियो सिसीटिभी क्यामेरा
समाचार

सीमा नाकामा जोडियो सिसीटिभी क्यामेरा

  • नागरिक रैबार
सीमा नाकामा जोडियो सिसीटिभी क्यामेरा

कैलाली– सुदूरपश्चिम प्रदेश सरकारले पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डचौकी सीमा नाकासम्म सिसीटिभी क्यामेरा जडान गरी सञ्चालनमा ल्याएको छ ।

प्रदेशको आन्तरिक मामला तथा कानुन मन्त्रालयले अत्तरियास्थित इलाका प्रहरी कार्यालय मालाखेतीमा सिसीटिभी क्यामेरा नेपाल प्रहरीलाई हस्तान्तरण गर्दै सञ्चालनमा ल्याएको हो ।

सिसीटिभी क्यामेरा जडान गरी सञ्चानमा ल्याइएपछि राजमार्ग क्षेत्रमा हुने आपराधिक गतिविधि न्यूनीकरणमा सघाउ पुग्ने आन्तरिक मामला तथा कानुनमन्त्री पूर्णा जोशीले बताइन् ।

विज्ञापन

सीसीटिभी क्यामेराले आपराधिक गतिविधि नियन्त्रण गर्न मात्र नभई राजमार्ग क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न तथा दुर्घटनाका दोषीलाई पक्राउ गर्न सहज हुने उनको भनाइ छ ।

आन्तरिक मामला तथा कानुन मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार १ करोड ७१ लाख रुपैयाँको लागतमा सिसीटिभी क्यामेरा खरिद गरी पूर्व–पश्चिम राजमार्ग सडक खण्डका १३८ स्थानमा जडान गरिएको जनाएको छ । भीडभाड हुने स्थान, सरकारी कार्यालय तथा सार्वजनिक सम्पत्ति भएको क्षेत्र, दुई वा दुईभन्दा बढी बाटो जोडिने क्षेत्रमा सिसीटिभी क्यामेरा जडान गरिएको जनाइएको छ ।

चिसापानीदेखि गड्डाचौकीसम्म पर्ने इलाका प्रहरी कार्यालयले हेर्ने गरी १२ स्थानमा सिसीटिभी क्यामेराको स्टेसन राखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले अत्तरियादेखि त्रिनगर भन्सार नाकासम्मसमेत सिसीटिभी क्यामेरा जडान गरेको छ । पालिका खबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै