होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मंसिर १० देखि महाधिवेशन गर्ने एमालेको निर्णय
समाचार

मंसिर १० देखि महाधिवेशन गर्ने एमालेको निर्णय

  • नागरिक रैबार
मंसिर १० देखि महाधिवेशन गर्ने एमालेको निर्णय

नेकपा एमालेले आगामी मंसिर १० देखि पार्टीको १० औं महाधिवेशन गर्ने निर्णय गरेको छ । मंगलबार तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठान च्यासलमा बसेको पार्टी स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।

यस्तै एमालेले विधान अधिवेशन असोज ४, ५ र ६ गते गर्नेछ । बैठकमा माधव नेपाल पक्ष भनेर चिनिएपछि नेपालले पार्टी फुटाउँदा त्यतातिर नलागेका स्थायी कमिटी सदस्यहरुको पनि सहभागिता रहेको थियो ।

बैठकले पार्टी विवाद मिलाउन गठन भएको कार्यदलमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ । जसअनुसार पार्टी संरचना २०७५ साल २ जेठ गते अगाडिको अवस्थामा क्रियाशील हुने ज्ञवालीको भनाइ छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार