होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हाम्रा सदस्यहरु माओवादी केन्द्रमै छन् भ्रममा नपरौँ (विज्ञप्तिसहित)
समाचार

हाम्रा सदस्यहरु माओवादी केन्द्रमै छन् भ्रममा नपरौँ (विज्ञप्तिसहित)

  • नागरिक रैबार
हाम्रा सदस्यहरु माओवादी केन्द्रमै छन् भ्रममा नपरौँ (विज्ञप्तिसहित)

नागरिक रैबार/बाजुरा ८ भदौ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाजुराले एमालेले आफ्नो पाट्रीमा समावेश गरेका जिल्ला कमिटी सदस्यहरु माओवादी केन्द्रमै रहेको बताएको छ ।

मंगलबार नेकपा माओवादी केन्द्र जिल्ला कमिटी बाजुराले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना जिल्ला कमिटी सदस्यहरु माओवादी केन्द्रमै रहेको दावी गरेको छ ।

मिति २०७८ साल भदौ ६ गते आईतबारका दिन नेकपा एमाले बाजुरा जिल्ला कमिटीको बैठकले माओवादी केन्द्रमा रहेका लालजित थापा, अर्जुन कटुवाल, हेमराज शाही, रंगलाल बोगटी, रामकला लुहार, रेखा कडारा, लालबहादुर विक, सस्तराम विष्ट, विरेन्द्र रोकाया र प्रकाश शाहीलाई आफ्नो पाटीमा रहेको भनि नाम समावेश गरेको भन्दै आपत्ति जनाएको छ ।

विज्ञापन

माओवादी केन्द्रका कार्यालय सचिव गोरखबहादुर सार्कीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा माओवादी केन्द्रका माथि उल्लेखित सदस्यहरु माओवादी केन्द्रमै रहेकोले यस्ता गलत कुप्रचार-प्रसार नगर्न सम्वन्धित पक्षलाई आग्रह समेत गरेको छ ।

त्यसै गरी एमालेले माओवादी केन्द्रमा रहेका जिल्ला कमिटी सदस्य स्वग्रीय राजन बुढ्थापाको नाम समेत समावेश गरीएको प्रति घोर आपत्ति जनाएको छ ।

एमालले भने यस अघि आइतबार बसेको जिल्ला कमिटीको बैठकबाट उल्लेखित सदस्यहरु माआेवादी केन्द्र परित्याग गरेर एमालेमा समाहित भएको दावी गरेकाे छ ।

No description available.
यी हुन् माओवादी केन्द्रमै रहेका जिल्ला कमिटी सदस्यहरु
१, लालजित थापा
२, हेमराज शाही
३, रंगलाल बोगटी
४, रामकला लुहार
५, रेखा कडारा
६, लालबहादुर विक
७, प्रकाश शाही

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार