होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माओवादी केन्द्रको पहलमा बडीमालिका ३ र ९ का बाढीपीडितलाई खाद्यन्न सहयोग
समाचार

माओवादी केन्द्रको पहलमा बडीमालिका ३ र ९ का बाढीपीडितलाई खाद्यन्न सहयोग

  • नागरिक रैबार
माओवादी केन्द्रको पहलमा बडीमालिका ३ र ९ का बाढीपीडितलाई खाद्यन्न सहयोग

नागरिक रैबार
बाजुरा ८ भदौ
नेकपा माओवादी केन्द्र बाजुराको पहल तथा बाजुरा इसाई समाजको सहयोगमा बडीमालिका नगरपालिका ३ र ९ का ७३ जना बाढी पिडित तथा गरिव परिवारलाई खाद्यन्न सहयोग गरिएको छ ।

बडीमालिका ३ र ९ नम्बर वडाका बाढी पिडित र गरिव असायहयलाई प्रतिव्यक्ति ३० केजिका दरले चामल वितरण गरिएको बाजुरा इसाई समाजका अध्यक्ष ओमप्रकाश विकले बताएका छन् ।

जसमध्ये बडीमालिका ९ का ५२ र वडा नं. ३ का २१ जना लाई खाद्यन्न सहयोग गरिएको बताईएको छ । खाद्यन्न सहयोग कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सचिवालय सदस्य मानबहादुर विकले बाढीपिडितलाई खाद्यन्न हस्तान्त्रण गरेका थिए ।

विज्ञापन

No description available.

नेकपा माओवादी केन्द्रको पहलमा वितरण गरिएको खाद्यन्न सहयोग कार्यक्रममा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य तथा कार्यालय सचिव गोरख बहादुर सार्की, जिल्ला कमिटी सदस्य विष्णु रावल, बडीमालिका नगर कमिटी सचिव चन्द्र थापा, बाजुरा इसाई समाजका सदस्य प्रमोद नेपाल, प्रविन विक सहित वडाको तर्फबाट ३ का स्याम खड्का र ९ का विरबहादुर हमालको सहभागिता रहेको थियो ।

माओवादी केन्द्रको पहलमा बाजुरा इसाई समाजले ठुलो सख्यामा बाढी पिडितलाई खाद्यन्न सहयोग गरेकोमा बडीमालिका ३ का स्थानीय जयलाल विकले खुसी व्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार