होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्वास्थ्य मन्त्रालयको चेतावनी : फेरि कडा निषेधाज्ञा हुनसक्छ
समाचार

स्वास्थ्य मन्त्रालयको चेतावनी : फेरि कडा निषेधाज्ञा हुनसक्छ

  • नागरिक रैबार
स्वास्थ्य मन्त्रालयको चेतावनी : फेरि कडा निषेधाज्ञा हुनसक्छ

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड बेवास्ता गरे फेरि कडा निषेधाज्ञाको अवस्था आउन सक्ने चेतावनी दिएको छ । मन्त्रालयका अनुसार पछिल्लो समय कोरोना सङ्क्रमण केही घटेपछि सङ्क्रमण दर स्थिर रहेको छ ।

‘निषेधाज्ञा खुकुलो पारिएसँगै स्वास्थ्य मापदण्डको बेवास्ता गर्ने र चाडपर्वको बहानामा विभिन्न स्थानमा भिडभाड गर्ने क्रम बढेको छ,’ मन्त्रालयले भनेको छ । सोमबार मात्र गाईजात्राको अवसरमा भक्तपुरमा अत्यधिक भिड देखिएको थियो ।

यसले अन्ततः कोरोना सङ्क्रमण बढाउने र त्यसको नियन्त्रणका लागि कडा निषेधाज्ञा गर्नै पर्ने अवस्थामा पु–याउने मन्त्रालयको ठहर छ । ‘त्यस्तो अवस्था आउन नदिने दायित्व तपाईं हाम्रै हो । त्यसैले मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, भिडभाड नगर्नेजस्ता जनस्वास्थ्यका मापदण्डको इमान्दारितापूर्वक पालना गरौँ,’ मन्त्रालयले भनेको छ ।

विज्ञापन

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार