होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • पत्रपत्रिका
  • माधव र झलनाथसहित ११ जना नेतालाई साधारण सदस्यबाटै निष्कासन गर्ने एमालेको निर्णय
पत्रपत्रिका

माधव र झलनाथसहित ११ जना नेतालाई साधारण सदस्यबाटै निष्कासन गर्ने एमालेको निर्णय

  • नागरिक रैबार
[sharethis-inline-buttons]
माधव र झलनाथसहित ११ जना नेतालाई साधारण सदस्यबाटै निष्कासन गर्ने एमालेको निर्णय

नेकपा एमालेले नेता माधव कुमार नेपाल र झलनाथ खनाललाई साधारण सदस्यबाटै निष्कासन गरेको छ ।बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेर पार्टीको अनुशासन उल्लंघन गर्ने नेपालसहित ११ जना नेतालाई पार्टी सदस्यबाटै निष्कासन गर्ने निर्णय गरेको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

पार्टीबाट निष्कासनमा पर्नेमा नेताहरूमा नेपालसहित झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, निरादेवी जैरु, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मीकुमारी चौधरी, कल्याणी खड्का र कलिला खान रहेका छन् ।

यसअघि शनिबार बसेको स्थायी कमिटीको बैठकले संसदीय दलका नेता केपी ओलीलाई असहयोग गर्दै विपक्षी दलका नेता शेरबहादुर देउवालाई सहयोग गर्ने नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर, उनीहरूले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरणको जवाफ नदिने सोमबार मात्रै बताएका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै