होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप दिन सरकारले थप्यो ४ हप्ता समय
समाचार

ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप दिन सरकारले थप्यो ४ हप्ता समय

  • नागरिक रैबार
ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप दिन सरकारले थप्यो ४ हप्ता समय

१० जेठ, काठमाडौं । सरकारले थप खोप ल्याउन नसकेपछि सरकारले ६५ बर्षमाथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप लगाउने नयाँ अवधि तोकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि भारतमा बनेको कोभिशिल्ड खोप पहिलो डोज लगाएको ८ देखि १२ हप्ताभित्र दोस्रो डोज लगाउनुपर्ने भनेको थियो । तर अब दोस्रो डोज खोप १६ हप्तापछि लगाउने गरी अवधि तोकेको मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले बताए ।

मन्त्रालयले सोमबार गरेको पत्रकार सम्मेलनमा उनले भारतले पठाएको नयाँ नियमअनुसार कोभिशिल्ड खोपको दोस्रो डोज १२ देखि १६ हप्तासम्ममा लगाउन सकिने र नेपालले त्यसैअनुसार तयारी गरेको जानकारी दिए ।

विज्ञापन

६५ बर्ष माथिकालाई कोभिशिल्ड खोप लगाएको आगामी २३ जेठमा १२ हप्ता पूरा हुँदैछ । तर हाल नेपालमा ज्येष्ठ नागरिकलाई दोस्रो डोज लगाउन पुग्ने गरी खोप मौज्दात छैन । खोप उत्पादक भारतको सेरम इन्ष्टिच्युटबाट खरिद गरेको १० लाख डोज कहिले आउने टुंगो छैन ।

यसअघि सेरमले यो वर्ष आफूहरुले खोप निर्यात गर्न नसक्ने बताइसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५ लाख जेष्ठ नागरिक दोस्रो डोज खोपको पर्खाइमा छन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले खोप खरिदका लागि सरकारले अमेरिका, बेलायत र रुसलाई पत्राचार गरे पनि जवाफ नआएको बताए ।

‘हामीले पत्र पठाएपछि केही कम्पनीले जवाफ पठाएका छन् र केहीले पठाएका छैनन् तर ठोस जवाफ आइसकेका छैनन्, हामी पहल गर्दैछौं’ उनले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाज
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै