होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • ओलीलाई प्रश्नसहितको जवाफ पठाउँदै माधव पक्ष
राजनीति

ओलीलाई प्रश्नसहितको जवाफ पठाउँदै माधव पक्ष

  • नागरिक रैबार
ओलीलाई प्रश्नसहितको जवाफ पठाउँदै माधव पक्ष

काठमाडौं । एमालेको माधव नेपाल पक्षले समयसीमाभित्रै स्पष्टीकरणको जवाफ दिने भएको छ । ओली पक्षले सोधेको तीनदिने स्पष्टीकरणको म्याद आज(बुधबार) सकिँदैछ ।

माधव नेपाल पक्षका एक नेताका अनुसार स्पष्टीकरणको जवाफसहित ओलीलाई समेत प्रश्न सोधेर जवाफ दिने तयारी भइरहेको छ ।

‘स्पष्टीकरणको जवाफ तयार भइरहेको छ, समयभित्रै जवाफसहित अध्यक्ष ओलीलाई समेत प्रश्न गरिनेछ’, माधव नेपाल निकट ती नेताको भनाइ छ ।

एमाले महासचिव ईश्वर पोखरेलले गत सोमबार बरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई छुट्टाछुट्टै स्पष्टीकरण पत्र थमाएका थिए ।

स्पष्टीकरण पत्रमा नेताहरुले पार्टीभित्र गुटबन्दी गरेको र अनुशासन उल्लंघन गरेकाले कारवाही किन नगर्ने ? भन्दै तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको थियो । गत चैत ७ गते बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सो बैठकमा माधव पक्षका नेताहरु भने सहभागी थिएनन् ।

तर, नेता भीम रावलले भने अध्यक्ष ओलीले नक्कली कमिटी गठन गरेर सोधिएको स्पष्टीकरणको कुनै अर्थ नहुने प्रतिक्रिया दिए । ‘मनपरी ढंगले केन्द्रीय कमिटीमा मानिसहरु थपघट गर्ने, विधानका धाराहरु कुल्चँदै बैठक बसेर निर्णय गरेँ भन्ने कुरा अवैध र स्वेच्छाचारी छ’ रावलले रातोपाटीसँग भने, ‘त्यस्तो नक्कली कमिटीको के अर्थ रहन्छ ?’

गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिई एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काइ दिएपछि अध्यक्ष ओलीले विधानविपरीत एकपक्षीय निर्णय गरेको भन्दै माधव पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • २ दिन अगाडि