होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भरुवा बन्दुक पड्किएर बालकको मृत्यु
समाचार

भरुवा बन्दुक पड्किएर बालकको मृत्यु

  • नागरिक रैबार
भरुवा बन्दुक पड्किएर बालकको मृत्यु

मुगुमा घरमा राखेको भरुवा बन्दुक खेलाउने क्रममा पड्किँदा १० वर्षीय बालकको मृत्यु भएको छ । खत्याड गाउँपालिका-१० डुवाना बस्‍ने अम्‍मर दिन रावलको छोरा १० वर्षीय विकास रावलको भरुवा बन्दुक पड्किएर शुक्रबार दिउँसो मृत्यु भएको हो ।

 

सोही ठाउँ बस्ने ५२ वर्षीय परे रावलको घरमा राखेको भरुवा बन्दुक विकास रावल सहित ३ जना बच्चाहरुले खेलाउने क्रममा पड्किँदा विकासको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रातापानी र प्रहरी चौकी सुकाढीकबाट खटिएको प्रहरीले परे रावललाई उक्त भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विज्ञापन

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै