होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वामीकार्तिक
  • बाजुराका यी वडामा आज हुँदैछ एमालेको वडा अधिवेशन
स्वामीकार्तिक

बाजुराका यी वडामा आज हुँदैछ एमालेको वडा अधिवेशन

  • नागरिक रैबार
बाजुराका यी वडामा आज हुँदैछ एमालेको वडा अधिवेशन

नागरिक रैबार/बाजुरा ६ कार्तिक। नेकपा एमालेले देशभरका सबै वडाहरूमा आज एकसाथ वडा अधिवेशनको आयोजना गर्दैछ ।देशभरका ६ हजार सातसय ४३ वटा वडामा नयाँ नेतृत्व चयनका लागि एमालेले आज सवै वडामा एकसाथ वडा अधिवेशन गर्न लागेको हो ।

एमालेले देशभरका बाढी पहिरोले क्षती पुगाएका जिल्ला बाहेकका ठाउँहरुमा आज वडा अधिवेशन गर्ने तयारी गरेको भएपनि बाजुरामा केही भाैगोलिक विकटता, टेलिफोन, विजुलीबत्ति नेट इन्टरनेटको समस्याले गर्दा ६९ मध्ये केही वडाहरुमा मात्र आज वडा अधिवेशन हुन लागेको एमाले बाजुराका प्रचार विभाग प्रमुख अमर खड्काले जानकारी दिए ।

उहाँका अनुसार आज बाजुरा जिल्लाका ९ वटा पालिका मध्ये बडीमालिका नगरपालिकाको २, ५ र ७, जगनाथ गाउँपालिकाको १ र २, बुढीगंगा नगरपालिकाको १, २, ३, ४, ५, ६ र ८, त्यस्तै स्वामिकार्तिक गाउँपालिकाको १ र ३, खप्तड क्षेडेदहको १, ३, ४,५ ६ र ७ वडामा आज वडा अधिवेशन हुदैछ बाँकी रहेका वडाहरुमा क्रमश ९ गते भित्र वडा अधिवेशन सम्पन्न हुनेछन् । त्यस्तै गौमुल गाउँपालिका १, २, ३ र ५, त्रिवेणी नगरपालिका ५ र हिमाली गाउँपालिकाका केही वडामा वडा अधिवेशन भएको छ ।

विज्ञापन

आज हुने वडा अधिवेशनमा जिल्ला स्तरका नेताहरु विभिन्न वडाका अधिवेशन सम्पन्न गर्न परिचालन भएको प्रचार विभाग प्रमुख खड्काले बताएका छन् ।

मंसिरमा हुने महाधिवेशन अगाडि एमालेले देशभरका वडा, स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशनहरू सम्पन्न गर्दैछ । वडा अधिवेशनपछि कात्तिक ९ गते देशभरका ७५३ स्थानीय तहको अधिवेशन हुने एमालेले जनाएको छ ।

एमालेको विधान अनुसार वडा कमिटी सबैभन्दा तल्लो तहको कार्यकारी निकायका रुपमा रहेको छ । त्यसभन्दा तल प्रारम्भिक कमिटीहरू रहे पनि कार्यकारी काम वडा कमिटीबाट हुन्छन् । वडा कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र सदस्यहरू अधिवेशनबाट निर्वाचित हुने कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार