होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ २६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माधवकुमार नेपालको पार्टीमा बस्न पदाधिकारी नै भेटिएनन्ः ओली
समाचार

माधवकुमार नेपालको पार्टीमा बस्न पदाधिकारी नै भेटिएनन्ः ओली

  • नागरिक रैबार
माधवकुमार नेपालको पार्टीमा बस्न पदाधिकारी नै भेटिएनन्ः ओली

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताएका छन्। उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित बृहत भेलालाई बिहीबार सम्बोधन गर्दै ओलीले भर्खरै आफूले सो पार्टीको निर्णय हेरेको तर पार्टीमा अझै पनि पदाधिकारी रिक्त रहेको पाएको टिप्पणी गरे।

उनले माओवादी केन्द्रलाई ‘माके’ र माधवकुमार नेपालको पार्टीलाई ‘माने’ पार्टी संज्ञा दिए। उनले भने, ‘माके पार्टी, माने पार्टी फाटोको खेती गर्छ, ती एकताको राजनीति गर्ने पार्टी होइन, एमालेले त्यस्तो राजनीति गर्दैन। एमालेले एकताको राजनीति गर्छ।’ माधव नेपालप्रति लक्षित गर्दै उनले अगाडि भने, ‘माने पार्टीको हेर्दै थिएँ, पदाधिकारी अलि भरिएको छैन। कोही भेटिन्छ कि भनेर खोज्दै हुनुहुन्छ तर पूरा भएको छैन।’ उनले आफूहरुमा कसैको पार्टी कार्यालय कब्जा गर्न जाने खालको राजनीति नगर्ने पनि प्रस्ट पारे।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै