होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • थप ६० हजार शिक्षक दरबन्दी आवश्यक, १२ हजारमा विज्ञापन खोल्ने तयारी
समाचार

थप ६० हजार शिक्षक दरबन्दी आवश्यक, १२ हजारमा विज्ञापन खोल्ने तयारी

  • नागरिक रैबार
थप ६० हजार शिक्षक दरबन्दी आवश्यक, १२ हजारमा विज्ञापन खोल्ने तयारी

काठमाडौँ– शिक्षक सेवा आयोगले स्थायी दरबन्दीमा शिक्षक भर्नाको विज्ञापन खुलाउने तयारी गरेको छ । पदाधिकारी पाएसँगै आयोगले नियमित काम गर्न थालेको हो ।

आयोगका अध्यक्ष मधु रेग्मीले क्यालेन्डर बनाएर नियमित काम अघि बढाउने बताए । उनका अनुसार आयोग करिब एक वर्ष पदाधिकारीविहीन भएकाले केही नियमित कामहरू रोकिएका छन् ।

नियमित रुपमा चाँडै गर्नुपर्ने कामलाई प्राथमिकतामा राखेर अघि बढ्ने योजनाअनुसार शिक्षक दरबन्दी खुलाउन लागिएको उनले बताए । केही दिनमै स्थायी शिक्षक दरबन्दीमा विज्ञापन आह्वान गर्ने तयारी छ ।

विज्ञापन

आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले करिब १२ हजार स्थायी दरबन्दीमा विज्ञापन आह्वान गर्न लागेको बताए । उनका अनुसार आधारभूत तहका १० वटा विषयमा र माध्यमिक तहका १३ वटा विषयमा दरबन्दी आह्वान गर्न लागिएको छ ।

प्राथमिक तहमा ९ हजार १०६ जना, निमाविमा १ हजार ९१३ जना र माविमा १ हजार ४२ जना गरेर जम्मा १२ हजार ६१ जना शिक्षकको रिक्त दरबन्दीमा विज्ञापन आह्वान गर्ने तयारी भइरहेको मरहठ्ठाले बताए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०७७ चैत मसान्तमा रिक्त दरबन्दीको विवरण पठाएकोले विज्ञापन खुल्दासम्म यो संख्या बढ्न सक्ने उनले बताए । उनले भने, ‘हामीले केन्द्रलाई थप रिक्त दरबन्दीको विवरण मागेका छौँ, त्यसलाई पनि समेटेर विज्ञापन गर्न सक्छौँ ।’

उनका अनुसार लिखित परीक्षाका लागि प्राथमिक तहको पाठ्यक्रम तयार भएको छ । निमावि र माध्यमिक तहको लागि पाठ्यक्रम बन्दैछ ।
पाठ्यक्रम तयार भएको तीन महिनापछि मात्र परीक्षा सञ्चालन गर्न सकिने कानूनी प्रावधान छ । आयोगले नियमित अवकाश वा राजीनामाबाट रिक्त भएको दरबन्दीमा पदपूर्ति गर्न विज्ञापन आह्वान गर्न लागेको हो । यसले मात्र शिक्षक अभाव भने टर्ने छैन ।

सरकारसँग नयाँ दरबन्दी सिर्जनाका लागि प्रस्ताव गरे पनि सुनुवाइ भएको छैन । निम्न माध्यमिक र माध्यमिक तहमा अंग्रेजी, गणित, विज्ञान लगायत विषयमा शिक्षक अभाव छ । हालसम्म ७ लाख १७ हजार १०५ जनाले अध्यापन अनुमति पत्र लिएको मरहठ्ठाले बताए ।

थप ६० हजार शिक्षक आवश्यक

देशभर शिक्षक अभाव टार्न थप ६० हजार शिक्षक दरबन्दी आवश्यक पर्ने देखिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।
देशभर २७ हजार ८१३ सामुदायिक विद्यालय छन् जसमा हाल स्थायी, अस्थायी र राहत गरेर जम्मा १ लाख ५६ हजार शिक्षक कार्यरत छन् । यसमा स्थायी शिक्षक दरबन्दीको संख्या १ लाख २ हजार ३६४ छ ।

निमावि र मावि तहमा करिब २५–२५ हजार तथा कक्षा ११ र १२ का लागि करिब ८ हजार शिक्षकको दरबन्दी थप्न आवश्यक रहेको केन्द्रले जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण कार्यदलले पनि २०७५ सालमा माध्यमिक तह (कक्षा १०) कक्षासम्म करिब ५० हजार नयाँ शिक्षक दरबन्दी आवश्यक रहेको ठहर गरेको थियो । खबरहबबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि