होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री ओली : ‘चुनाव निष्पक्ष हुनेछ, सिसी क्यामेरा र ड्रोनले भिडियो खिच्नेछ’
समाचार

प्रधानमन्त्री ओली : ‘चुनाव निष्पक्ष हुनेछ, सिसी क्यामेरा र ड्रोनले भिडियो खिच्नेछ’

  • नागरिक रैबार
प्रधानमन्त्री ओली : ‘चुनाव निष्पक्ष हुनेछ, सिसी क्यामेरा र ड्रोनले भिडियो खिच्नेछ’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले निष्पक्ष ढंगले निर्वाचन गर्ने दावी गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आफू निकट प्रेस चौतारीका पत्रकारहरूसँगको अन्तर्क्रियामा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा धाँधली हुन नसक्ने गरी निर्वाचन गर्ने बताएका हुन् । उनले निर्वाचनमा सिसी क्यामेरा र ड्रोन बाट भिडियो खिचेर निष्पक्ष चुनाव गर्ने उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले भने–‘मेरो नेतृत्वमा शान्तिपूर्ण, स्वच्छ निष्पक्ष निर्वाचन हुनेछ । राष्ट्रिय अन्र्तराष्ट्रिय तमाम पर्यवेक्षकहरु बोलाएर सामेत गरेर गरिनेछ । आज सिसी क्यामेराको जमाना हो । क्यामेरामात्र हैन सिसी क्यामेरा जडान गरिनेछ । आज ड्रोनको समय हो । माथिबाट ड्रोनबाट गतिविधीहरु खिचिनेछ । म देशी बिदेशीलाई चुनौतीका साथ भन्छु यो सरकारले गराएको चुनाव सर्वोत्कृष्टता ठहरिनेछ ।’

साथै यही सरकारलाई राष्ट्रिय सरकारको रुपमा चुनाव गराउन सकिने पनि बताए । उनले भने–‘मै प्रधानमन्त्री भएँ भनेमात्रै चुनाव हुन्छ भनेर तानातान गरेर केही हुँदैन् । यही सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाएर जान सकिन्छ । प्रधानमन्त्री बन्ने के स्रोत हो साथीहरुलाई म संविधान हेर्न आग्रह गर्दछु । हामी लोकतान्त्रिक शक्ति भएकोले संविधानको बाटो चल्नुपर्छ । असंवैधानिक बाटोमा हिँड्ने कुरासँग कुनै सम्झौता गर्न सकिँदैन । त्यस्ता प्रबृतिहरुसँग झुक्न समेत सकिँदैन ।’

उनले अहिले खाली रहेका ७ वटा मन्त्रालय आफूसँग रहेको बताउँदै राष्ट्रिय सहमतिको सरकारका लागि अरु मन्त्रालय दिन तयार रहेको उल्लेख गरे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि