नागरिक रैबार/बाजुरा ९ जेठ। सामाजिक अभियान्ता हेमराज थापाले कोरोनाको महामारीमा अग्रपंक्ति रहेर संचार क्षेत्रमा खटिएका बाजुराका पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।
कोरोना भाईरस कोभिड १९ को दोस्रो लहर तिव्र रुपमा फैलिएसंगै बाजुरामा दिनप्रतिदिन कोरोनाको जोखिम बढेपछि जिल्लामा अग्रपंक्तिमा रहेर काम गर्ने बाजुराका पत्रकारलाई सामाजिक अभियान्ता थापाले पिपिई १० सेट, सर्जिकल मास्क ५०० पिस, थर्मल गन १ पिस, सेनिटाइजर १० लिटर, अक्सोमिटर १ पिस र फेस सिल्ड १० थान सहयोग गरेका हुन् ।
अभियान्ता थापा अहिले कोरोनाकै कारण समस्यामा परेका नेपालका गरिव, दिनदुखी र अलपत्र परेकाहरुलाई यो महामारीको बेला देशका विभिन्न ठाउँमा पुगेर सहयोग गरिरहेका छन् ।
अभियान्ता थापाले बाजुराका पत्रकारका लागि पठाएका स्वास्थ्य सामाग्रीहरु आज एक औपचारीक कार्यक्रमका विच नेपाल पत्रकार महासंघ बाजुराले वितरण गरेको छ । सामाजिक अभियान्ता थापाका अनुसार कोरोना भाईरसको महामारी फैलिरहेको बेला महामारीको बाबजुद् पनी दिनरात नभनेर काम गर्ने बाजुराका पत्रकारहरु सुरक्षित रहुुन् भन्ने उद्देश्यले जिल्लाका पत्रकारलाई नेपाल पत्रकार महासंघ बाजुरा शाखाद्धारा स्वास्थ्य सामाग्री सहयोग गरिएको बताए ।
त्यस्तै नेपाली काँग्रेसकी महिला नेत्री बिद्या तिमिल्सेना राधा खड्का गिरीले पनी सेनिटाइजर ५ लिटर, सर्जिकल मास्क ५०० पिस, पारा सिटामोल १ पाकेट सर्जिकल मास्क ४५० पिस सहयोग गर्नुभएको छ । उक्त सामाग्री आज जिल्लाका त्रियासिल पत्रकारलाई हस्तान्तरण गरिएको हो ।
महामारीको समयमा काठमाण्डौंमा रहेर आफ्नो जिल्लाका पत्रकारलाई सानो सहयोग भए पनी सम्झीनु भएकोमा नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष छक्क बहादुर मल्लले सामाजिक अभियान्ता हेमराज थापा लगायत सहयोगीलाई धन्यवाद दिएका थिए ।
फेसबुक प्रतिक्रियाहरु