होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, अशोज ३, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • तिनै चारजना मान्छेको स्वार्थले देश अस्तव्यस्त : प्रधानमन्त्री
राजनीति

तिनै चारजना मान्छेको स्वार्थले देश अस्तव्यस्त : प्रधानमन्त्री

  • नागरिक रैबार
तिनै चारजना मान्छेको स्वार्थले देश अस्तव्यस्त : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लामो समय पार्टीको नेतृत्व गरेका, पटकपटक प्रधानमन्त्री भइसकेका केही व्यक्तिका कारण देश अस्तव्यस्त भएको बताएका छन् । आइतबार पत्रकारहरुसँग कुरा गर्दै उनले नाम नतोकिकन ‘चारजनाका कारण देश अस्तव्यस्त भएको’ टिप्पणी गरेका हुन् ।

उनले भने, ‘चार पटक प्रधानमन्त्री भएका, पार्टीको सभापति भइसकेका, ७० वर्ष कटिसकेका मानिसहरुले अस्तव्यस्त बनाएका छन्,’ उनले भने, ‘उहाँहरुलाई आफ्नो अहम्, आफ्नो इगोको चिन्ता छ, देशको होइन ।’ उनीहरुमा अतृप्त भोक, कहिल्यै चित्त नबुझ्ने, कहिल्यै पेट नभरिने, कहिल्यै प्यास नमेटिने गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देश बिग्रिनुको मुख्य कारण यही नै रहेको दावी गरे ।

‘यो त सत्ता स्वार्थ मात्र हो,’ उनले भने, ‘सत्ता नपाएकाको होइन, पाइसकेकाहरु नै सधैँभरी सत्ता स्वार्थमा केन्द्रित रहे ।’ उनले लोकतान्त्रिक बाटोबाट हिँडेर गए पनि सत्तामा पुग्न सकिने भन्दै असंवैधानिक, अलोकतान्त्रिक, अस्वस्थ प्रक्रियाबाट जान खोजेका कारण समस्या देखिएको बताए ।

यसप्रति युवापङ्ति सजग हुनुपर्ने उनले बताए । युवाहरुलाई लक्षित गर्दै उनले भने, ‘काँधमा अभिभारा बोकेर अघि बढ्न तयारी गर्नुस् । देशको वातावरण बिगार्न र निराशा पैदा हुन नदिनुस् ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
राजनीति
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ६ दिन अगाडि