होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चुनावबाट ब्याक हुन आफूलाई धम्की आएको खिमलाल देवकोटाको खुलासा
समाचार

चुनावबाट ब्याक हुन आफूलाई धम्की आएको खिमलाल देवकोटाको खुलासा

  • नागरिक रैबार
चुनावबाट ब्याक हुन आफूलाई धम्की आएको खिमलाल देवकोटाको खुलासा

बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित खिमलाल देवकोटाले चुनावबाट ब्याक हुन आफूलाई धम्की आएको खुलासा गरेका छन् । यद्यपी त्यस्तो धम्की र दवाव कसबाट आएको भन्ने चाहिँ उनले खुलाएका छैनन् ।

‘व्यक्तिगत रुपमा मलाई चुनावबाट ब्याक हुन धेरै जनाले फकाए/थर्काए । समयक्रममा आवश्यकता परेमा नाम भन्दै गरौँला । कसै कसैको त भ्वाइस रेकर्ड नै राखेको छु’, देवकोटाले आइतबार सामाजिक सञ्जालमार्फत खुलासा गरेका छन्, ‘ तर म अडिग रहेँ । विचलित भएको भए मेरो मात्र हैन म जस्ता स्वतन्त्र रुपमा कलम चलाउने वुद्धिजीवीहरुको इज्जत प्रतिष्ठा जाने थियो । हामी कलंकित हुने थियौँ ।’

उनले लामो समयदेखि राजनीति गर्ने केही नेताहरुले आफू जस्ताबाट केही सिक्दा राम्रै हुने भन्दै चुनौति पनि दिएका छन् । ‘बोलेपछि, सही गरेपछि, वचनबद्ध भएपछि पुरा गर्नुपर्दछ । भागेर, लुकेर, जालसाजी गरेर केही समय त टिकिएला । तर बुझ्न जरुरी के पनि छ भने हामी जस्ता युवाहरुले लामो यात्रा गर्न बाँकी नै छ ।’

उनले निष्ठा र इमानदारिताको राजनीतिबाट भागेर नहिँड्न सुझाव दिँदै बोली र इमानमा कटिबद्ध हुनुपर्नेमा जोड दिएका छन् । जेठ ६ गते भएको उपचुनावमा उनले एमालेका उम्मेदवार रामबहादुर थापालाई पराजित गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ५ दिन अगाडि

भर्खरै