होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रचण्ड र माधवको स्वार्थका कारण पार्टी विभाजन हुन पुग्यो : ओली
समाचार

प्रचण्ड र माधवको स्वार्थका कारण पार्टी विभाजन हुन पुग्यो : ओली

  • नागरिक रैबार
प्रचण्ड र माधवको स्वार्थका कारण पार्टी विभाजन हुन पुग्यो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपालको आफ्नो महत्वाकांक्षा र स्वार्थका कारण पार्टी विभाजन हुन पुगेको बताएका छन् । आज बालुवाटारमा जारी पार्टीको महाधिवेशन आयोजक कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले निकै दुःखका साथ एकीकृत गरिएको पार्टी प्रचण्ड र माधव नेपालका कारण विभाजन भएको आरोप लगाएका हुन् ।

बैठकमा बोल्दै अध्यक्ष ओलीले कम्युनिष्ट पार्टी एकताबद्ध बनाउन आफु रातो दिन अहोरात्र खटिरहेको बताउँदै भने, ‘हामी जिम्मेवार र अनुसाशीत भएकोले हामीले यो पार्टी एकता कायम गर्न प्रयास गर्छौ। यत्रो दुःख बाट एकीकृत गरेको पार्टी प्रचण्ड र माधव कमरेडहरुले आफ्नो महत्वाकांक्षा र स्वार्थको कारण हाम्रो पार्टी पुन विभाजित भयो।’

ओली पार्टी विभाजित नहुँदै प्रचण्ड र माधवले शत्रुतापूर्ण सम्बन्ध बनाइसकेको आरोप लगाउँदै सोही कारण आफुलाई साधारण सदस्यबाट समेत हटाउने दुस्साहस गरेको बताए । उनले भने, ‘त्यस्ता व्यक्तिहरु नेतृत्वमा हावी हुँदा त्यो पार्टी आकारमा त ठूलो देखिन्थ्यो तर समाजलाई गति दिन र नेतृत्व लिन सक्ने हैसियतमा हुने थिएन । अहिले पनि केही व्यक्तिहरु अराजक ढंगले लाग्ने। पार्टीकै नेताहरु बिरुद्ध विषवमन गर्ने । सरकारको आलोचना गर्ने। आन्दोलनका इमान्दार पंक्तिलाई बदनाम गराउने समाप्त गर्ने हिसाबले लागेका छन् ।’

विज्ञापन

ओलीले आफु अझै पनि लचिलो भएर आएको बताउँदै भने, ‘साथीहरुको पार्टी एकता बद्ध बनाउन कुनै पहल महसुस र अनुभूति देखिँदैन । पार्टी खोस्ने ढंगले कोही आएको हो भने त्यो सम्भव छैन।’ रातोपाटीबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि