होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • सुदूरपश्चिममा सवा ३ लाख बढी बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइने
Breaking News

सुदूरपश्चिममा सवा ३ लाख बढी बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइने

  • नागरिक रैबार
सुदूरपश्चिममा सवा ३ लाख बढी बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइने

सुदूरपश्चिममा पनि बालबालिकाहरुलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान चलिरहेको छ। बालबालिकाहरु कोरोना संक्रमणको जोखिममा रहेको भन्दै १२ वर्षदेखि १७ वर्ष मुनिका बालबालिकाहरुलाई मोडर्ना खोप अभियान चलिरहेको हो। विद्यालयहरुलाई नै खोप केन्द्र मानेर खोप अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका स्वास्थ्य प्रमुख योगेश भट्टले बताए। उनले पहिलेभन्दा अहिले खोप प्रति अभिभावक तथा बालबालिकाहरु उत्साहित भएको बताए। नयाँ आउने कोरोना भेरियन्टबाट बढीजसो बालबालिका जोखिममा रहेकाले मापदण्ड अनुसार नै जिल्लामा पनि खोप अभियान सञ्चालन गरिएको भट्टले बताए।

सुदूरपश्चिममा अहिले कैलाली र डडेल्धुरा बाहेकका २ लाख बालबालिकालाई मोडर्ना खोप लगाउन लागिएको छ। प्रदेशमा २ लाख बालबालिका रहेको अनुमान गरिएकोमा सोही मात्रामा खोप प्राप्त भएकाले खोप अभाव हुने देखिएको बताइएको छ। इस्टमेट भन्दा ५ हजार खोप कम प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाइजर बीरेन्द्र भट्टले बताए। ‘हामीलाई तथ्यांक अनुसार खोप प्राप्त भएको छैन। इस्टमेट भन्दा ५ हजार कम खोप प्राप्त भएको छ। त्यसैले कमलाई नै खोप लगाइन्छ’ उनले भने। खोप अभाव भए थप्ने जानकारी गराइएको उनले बताए।

विज्ञापन

सुदूरपश्चिममा ३ लाख २७ हजार ४८१ लक्षीत बालबालिका रहेको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ। जसमध्ये कैलाली र डडेल्धुरा बाहेक ७ जिल्लाका २ लाख ९ सय ९७ बालबालिकालाई मात्रै अहिले मोडर्ना खोप लगाइँदै छ। कैलालीका १ लाख ८ हजार ४८५ र डडेल्धुराका १७ हजार ९ सय ९९ बालबालिकालाई भने फाइजर खोप लगाइने मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए।

तर उनले भने प्रदेशमा खोप अभाव नहुने दाबी गरेका छन्। उनका अनुसार ७ जिल्लाका लागि २ लाख ११ हजार ३० डोज खोप उपलब्ध छ। उनले अनुमानित तथ्यांकका आधारमा खोप आएकाले अभाव भए थप खोप ल्याइने बताएका छन्। ‘अनुमानकै आधारमा हामीलाई खोप प्राप्त भएको छ। अझ कम भए थप खोप ल्याइने छ’ प्रवक्ता कार्कीले भने।

कुन जिल्लामा कति बालबालिकालाई लगाइनेछ खोप ?
प्रदेशमा कूल ३ लाख २७ हजार ४८१ बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइने लक्ष्य दिइएको छ। कञ्चनपुरमा ६० हजार ३३५, डोटीमा २४ हजार ७३, बैतडीमा ३० हजार १३५ दार्चुलामा १४ हजार ८३८, बाजुरा १६ हजार ४२, बझाङमा २२ हजार ८२८, र अछाममा ३२ हजार ६९६ बालबालिका रहेका छन्। उनीहरुलाई मोडर्ना खोप लगाइँदै छ। यस्तै कैलालीमा १ लाख ८ हजार ४८५ र डडेल्धुरामा १७ हजार ९९९ बालबालिका छन्। उनीहरुलाई फाइजर खोप लगाइने बताइएको छ।

डडेल्धुरामा भने यहि पुस १२ गतेबाट खोप लगाइने बताइएको छ। भने, कैलालीमा कहिलेसम्म खोप लगाउने भन्नेबारे मिति नतोकिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए। दिनेश खबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार