होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ १, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • अन्तरजातीय विवाहपछि बेपत्ता दलित युवक सकुशल भेटिए
Breaking News

अन्तरजातीय विवाहपछि बेपत्ता दलित युवक सकुशल भेटिए

  • नागरिक रैबार
अन्तरजातीय विवाहपछि बेपत्ता दलित युवक सकुशल भेटिए

काठमाडौँः अन्तरजातीय बिहे गरेका हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरको नात्ता गाउँका एक सातादेखि बेपत्ता चन्द्रे कामी बुधबार बिहान भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार बिहान खार्पुनाथ गाउँपालिकाको याङ्चु भन्ने ठाउँमा उनलाई भेटेको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक दानसिंह भण्डारीका अनुसार बाटोमा हिँडिरहेको अवस्थामा उनी भेटिएका हुन् । सूचना अधिकारी भण्डारीले भने, ‘आज बिहान ८ बजेतिर हामीले उहाँलाई खार्पुनाथको याङ्चुमा एक्लै हिँडिरहेको अवस्थामा भेटेका हौँ ।’ उनलाई परिवारको जिम्मा लगाइने तयारी भएको प्रहरीको भनाइ छ । बेपत्ताको खोजी गर्न हुम्लाका डीएसपी हेरम्ब शर्माको नेतृत्वमा ३० जना प्रहरी गाउँमा गएको थियो ।

मुगुको सोरु गाउँपालिका–१ लिप्रुकी सुन्तली भनिने रमिला मल्लसँग प्रेम विवाह गरेका उनी गत बुधबारदेखि बेपत्ता थिए। परिवारका अनुसार मंसिर २९ को मध्यरात घरमै आएको एक समूहले चन्द्रेलाई कुटपिट गर्दै लगेका थिए । त्यसयता उनको अवस्था अज्ञात छ ।

केटी पक्षका मानिस आएर चन्द्रेलाई कुटपिट गरेर सुन्तलीलाई फिर्ता लगेको र चन्द्रेलाई पनि अपहरण गरेर बेपत्ता बनाएको परिवारको भनाइ छ । चन्द्रे र सुन्तलीले घरबाट भागेर विवाह गरेका थिए । अन्तरजातीय विवाहकै कारण चन्द्रेलाई बेपत्ता बनाइएको पीडित परिवारले दाबी गरेको छ ।

हुम्लाका १८ वर्षीय चन्द्रे र मुगुकी १७ वर्षीया रमिलाले मंसिर ५ मा प्रेम विवाह गरेका थिए । उनीहरूको विवाहलाई माइती पक्षले सजिलै स्विकार्ने सम्भावना नभएपछि चन्द्रे र सुन्तली घरतिर नगएर छिमेकी गाउँमा बसेका थिए । उनीहरू मंसिर २४ मा मात्रै जैर गाउँस्थित घर गएका थिए । हुम्लाको जैर गाउँमा दलित समुदायको बसोबास छ । तीन वर्षअघि मुगुको एउटा होटलमा काम गर्दै गर्दा चन्द्रेको भेट सुन्तलीसँग भएको थियो । त्यसपछि उनीहरू प्रेम सम्बन्धमा रहेको गाउँलेको भनाइ छ । कान्तिपुर

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार