होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, माघ ४, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • स्थानीय स्तरमा मेलमिलाप सम्वन्धि ८ दिने आधारभुत तालिम सम्पन्न
बडीमालिका

स्थानीय स्तरमा मेलमिलाप सम्वन्धि ८ दिने आधारभुत तालिम सम्पन्न

  • नागरिक रैबार
स्थानीय स्तरमा मेलमिलाप सम्वन्धि ८ दिने आधारभुत तालिम सम्पन्न

नागरिक रैबार/बाजुरा ६ मंसिर। स्थानीय स्तरमा मेलमिलाप सम्वन्धि ८ दिने आधारभुत तालिम मार्तडीमा सम्पन्न भएको छ । बडीमालिका नगरपालिकाको आयोजना तथा जिआइजेड, सिडिएसजी र आइडिजिको आर्थिक तथा प्राविधिक सहायेगमा कार्तिक २९ गतेबाट संचालन भएको उक्त तालिम आज सम्पन्न भएको हो ।

बडीमालिका नगरपालिकाको सभा हलमा ८ दिनसम्म संचालन भएको आधारभुत तालिमका सहभागिहरुलाई सिडिएसजीका बावुराम पौडेल र झप्रेन्द्र प्रसाद अधिकारीले स्थानीय स्तरमा हुने घटनाहरुको मेलमिलाप कसरी गर्ने बारे सहजीकरण गरेकाे बडीमालिका नगरपालिकाका कर्मचारी विरबहादुर विष्टले बताएका छन् ।

May be an image of 10 people and people standing

विज्ञापन

स्थानीयस्तरमा शान्ति, सौहार्दता र मेलमिलाप कायम गरी स्थानीय विकास प्रकृयालाई टेवा पुर्‍याउन, महिला, दलित, आदिवासी, जनजाति, मधेशी, मुस्लिम, पिछडा वर्ग, सीमान्तकृत समुदायको सशक्तिकरण गरी सहभागितामूलक तरिकाबाट विवाद समाधान गर्न सहयोग गरी समाजमा न्याय, मानवअधिकार र नागरिक हितको सम्वर्धनमा मेलमिलाप आधारभुत तालिमले ठुलो सहयोग पुग्ने तालिममा सहभागिहरुले बताएका छन् । तालिममा नगरपालिका भित्रका ३३ जना सहभागि रहेको थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार