होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज २८, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • एमाले एकताका लागि जगन्नाथ खतिवडाको सूत्र : ओलीले तत्काल राजीनामा दिएर माफी माग्नुपर्छ
राजनीति

एमाले एकताका लागि जगन्नाथ खतिवडाको सूत्र : ओलीले तत्काल राजीनामा दिएर माफी माग्नुपर्छ

  • नागरिक रैबार
एमाले एकताका लागि जगन्नाथ खतिवडाको सूत्र : ओलीले तत्काल राजीनामा दिएर माफी माग्नुपर्छ

नेकपा एमालेका नेता जगन्नाथ खतिवडाले अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी अध्यक्षबाट राजीनामा दिएमात्रै पार्टी एकता हुने बताएका छन् ।

‘ओलीले अध्यक्षबाट तत्काल राजीनामा दिएर पार्टी एकताको बाटो खोल्नुपर्छ’,  कुरा गर्दै माधव नेपाल समुहका नेता खतिवडाले भने, ‘पार्टीभित्रको एकतालाई समाप्त पारेको, कम्युनिस्ट एकतालाई ध्वस्त बनाएको र देशको राजनीतिलाई अस्तव्यस्त बनाउनेगरी संसद विघटन गरेकाले उनले एमाले अध्यक्षको हैसियतमा बस्ने नैतिकता गुमाएको’ बताए ।

पुष्पलाल मित्रता केन्द्रका अध्यक्षसमेत रहेका खतिवडाले अब केपी ओली अध्यक्ष रहिरहेर पार्टी एकता सम्भव नभएको दावी गरे । ‘उहाँका सबै काम कारवाहीहरु प्रतिगमनकारी भएकाले अव एमालेको अध्यक्ष पदमा बसिरहन उचित हुदैन । उहाँले हिजोअस्ति नै राजीनामा दिनुपर्ने हो आजसम्म किन बसिरहनुभएको छ ?’, खतिवडाले प्रश्न गरे, ‘तत्काल राजीनामा दिएर पार्टी एकताको बाटो खोल्नुपर्छ ।’

उनले ओली पक्षले माधव नेपाललाई दोस्रो अध्यक्ष दिएर पार्टी एकता गर्न खोजेको भनेर गरिएका प्रचारवाजी षडयन्त्रको अर्को रुप भएको टिप्पणी पनि गरे ।

‘दोस्रो अध्यक्ष दिन खोजेको हो तर मानेन् भनेझै गरी प्रचार भइरहेको देखिन्छ । यो अर्को षड्यन्त्र हो । माधव नेपाललाई अध्यक्षकै लागि मरिहत्ते गरेको रहेछ भनेर लोभी पात्रको रुपमा चित्रित गर्ने षड्यन्त्र अनुसार प्रचारबाजी गराइएको हो’, खतिवडाको भनाई छ ।

​अध्यक्ष ओलीले एमालेको एकता नचाहेको ठोकुवा गर्दै खतिवडाले ओलीको भित्री हृदय एकताको पक्षमै नभएको आरोप लगाए । ‘एकता गर्ने मानिसले माधव नेपाल बाहेकको एकता भन्दै भन्दैन । माधव नेपाललाई एमालेमा कुनै ठाउँ छैन भन्दैन । लाल गद्दार पनि भन्दैन र अपराधी भन्दैन’, खतिवडाको भनाइ छ ।

 

अब चारवटा कुरामा विशेष ध्यान दिए मात्रै पार्टी एकता हुनसक्ने खतिवडाको भनाइ छ :

एक – विगतमा ओलीले गरेका गल्तीहरु स्वीकार्ने, सच्याउने र भविष्यमा यस्ता गल्ती नगर्ने प्रतिवद्धता जनाउने । त्यसका लागि संयन्त्र निर्माण वा विधि फाइनल गर्ने ।

दुई– निःशर्त २०७५ जेठ २ मा जाने । त्यसमा र, यदि, तर केही पनि नभन्ने ।

तीन – अरु व्यक्तिहरु थप्नु परेमा केपी र माधव पक्षबाट बराबरीको अनुपात मिलाउने ।

चार – २०७७ फागुन २३ पछिका राजनीतिक निर्णयहरु निःशर्त खारेज गर्ने अनिमात्र दशौं केन्द्रीय कमिटि बैठक बस्नुको औचित्य हुन्छ ।

एमालेमा उत्पन्न समस्या समाधानबारे खतिवडाको विचार उनकै शब्दमा :

एमाले अध्यक्ष केपी ओलीले भनेजस्तो माधव नेपाल दोस्रो अध्यक्ष बनेर ओलीसँग मिल्न कुनै हालतमा सम्भव छैन । उहाँ दोस्रो अध्यक्षका रुपमा ओलीसँग मिल्न जानुहुन्न । माधव नेपालले अध्यक्ष हुनका लागि यो प्रयास गरेको पनि होइन ।

अध्यक्षका रुपमा रहिरहेका केपी ओली असफल भइसक्नुभएको छ । प्रतिनिधि सभालाई दुई–दुई पटक विघटन गरेर सर्वोच्च अदालतले पुर्नस्थापना गर्दै तिमीले गैरकानुनी काम गर्यौ, तिमीले राजनीतिक जिम्मेवारी पूरा नगरेर राष्ट्रिय गल्ती गरेको भनेर पुष्टि गरिसकेको छ ।

त्यतिमात्र होइन, एकीकृत पार्टीलाई विखण्डित गर्ने काम नै केपी ओलीले गरेको हो । दुई तिहाई नजिक सांसदहरुको समर्थन पाएको ओली नेतृत्वको सरकार छाँटिँदै गएर ८३ जनामा सीमित हुन पुग्यो । दुई तिहाई समाप्त भयो, १२१ मा आयो । १२१ बाट ९३ हुँदै अहिले उहाँसँग ८३ मात्रै रह्यो । यसरी दिनदिनै घट्ने क्रम जारी रह्यो ।

पार्टीभित्रको एकतालाई पनि समाप्त पारेको, कम्युनिस्ट एकतालाई पनि समाप्त पारेको, देशको राजनीतिलाई अस्तव्यस्त बनाउनेगरी संसद विघटन गरेको र प्रतिगमनको दिशामा गएको हुनाले केपी ओलीले अब एमालेको अध्यक्ष पदमा बसिरहन उचित हुँदैन । उहाँले हिजोअस्ति नै राजीनामा दिनुपर्ने हो आजसम्म किन बसिरहनुभएको छ ? तत्काल राजीनामा दिएर पार्टी एकताको बाटो खोल्नुपर्छ ।

तर, ओली पक्षले माधव नेपाललाई दोस्रो अध्यक्ष दिन्छु भनेर जे प्रचार गरिरहेका छन्, त्यो कुनै जालमा हालेर माधव नेपाललाई अध्यक्षकै लागि मरिहत्ते गरेको रहेछ भनेर लोभी पात्रका रुपमा चित्रित गर्ने षड्यन्त्र हो ।

साथै ओली पक्षमा म उदार थिएँ, एकताको पक्षमा थिएँ भनेर देखाउन खोजिएको मात्रै हो । यो प्रस्ताव नक्कली प्वाँख हालिएको मात्रै हो । किनभने, भित्री हृदयमा उहाँ (ओली) लाई एकता गर्नु नै छैन । एकता गर्ने मानिसले माधव नेपाल बाहेकको एकता भन्दै भन्दैन । माधव नेपाललाई एमालेमा कुनै ठाउँ छैन भन्दैन । लाल गद्दार पनि भन्दैन र अपराधी पनि भन्दैन । राजनीतिक चेत भएको मानिसले बाहिर झगडा गर्दा केही नलागेपछि घरमा गएर बार्दली सभा पनि गर्दैन, त्यसरी घरमा बसेर गाली गर्दैन ।

एकताको पक्षमा लाग्न खोजेको मान्छेले आफ्नो समकक्षीको आफ्ना कार्यकर्तालाई पुत्ला जलाउन लगाउँदैन । आफ्ना नेता कार्यकर्तालाई बाँदरको रुपमा चित्रित गरेर बाँदर जुलुस निकाल्न लगाउँदैन । त्यसकारण केपी ओलीका कुनै पनि व्यवहार र घटनाक्रमले एकताको पक्षमा योगदान दिँदैन । उहाँले शब्दमा मात्रै एकताको रटान लगाएर विभाजन खोज्नुभएको छ ।

त्यसले गर्दा माधव नेपाललाई बदनाम गर्न कहिले मर्यो भनेर पुत्ला दहन गर्न लगाएर त कहिले बाँदर बनाएर र कहिले दोस्रो अध्यक्ष बनाएर बदनाम बनाउन खोजिएको छ । तर, माधव नेपाल दोस्रो अध्यक्ष बन्नुहुन्न ।

केपी ओलीलाई पहिलो अध्यक्ष बन्ने अधिकार पनि छैन । ओलीले यति ठूलो प्रतिगमन र राष्ट्रघात गरे, उनले माफी माग्नुपर्छ भनेर १० बुँदे सहमति गर्ने नेताहरुलाई हामीले बारम्बार भन्यांै । धेरै चोटि ओलीले विगतमा गरेका राजनीतिक गल्तीहरु माफी माग्नै पर्छ, अनिमात्रै एकताको वार्ता सम्भव छ भन्यौं । पहिले गरेका गल्ती स्वीकार गर्ने, सच्चाउने र भविष्यमा गल्ती नदोहोर्याउने प्रतिवद्धता गर्नुपर्छ, यो कुरा छोडेर पार्टी एकता हुँदैन भनेर हामीले भन्यौं । तर, राजनीतिक एजेण्डालाई छोडेर वार्ता र एकता गर्न खोजिएकाले आज समस्या पैदा भयो ।

अहिले पनि हामीले माधव नेपाललाई बदनाम गरेकोमा माफी माग, पार्टी अध्यक्षबाट समान हैसियतमा पद छोड, कार्यकर्तासँग समानताको आधारमा व्यवहार गर भनेका छौं ।

नेता कार्यकर्तालाई समान व्यवहारको प्रत्याभुति चाहिएको हो । अपानि (अन्तर पार्टी निर्देशन ) मा दुई जनाको हस्ताक्षर किन चाहिएको हो भने केपी ओलीले मनपरि अपानि पठाउँछन् भनेर हो । त्यसैले (माथि उल्लेख गरिएका) चारवटा कुरामा विशेष ध्यान दिए पार्टी एकता गर्न सकिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • १ महिना अगाडि