नागरिक रैबार/बाजुरा ९ बैशाख। नेकपा एमालेको माधव नेपाल समूहले बाजुरामा १ सय १ जनाको जिल्ला कमिटी बनाएको छ । एमालेको उक्त समूहले पार्टी स्थापना दिवसको अवसर पारेर सदरमुकाम मार्तडीमा आयोजना गरेको प्रथम विस्तारित बैठकबाट बाजुरामा एमालेको १ सय १ जनाको जिल्ला कमिटी बनाएको हो ।
त्यस्तै प्रथम विस्तारित बैठकले ११ जनाको सल्लाहकार समिति समेत गठन गरी अनुमोदनका लागि प्रदेश कमिटीमा लैजाने निणर्य गरेको छ । त्यस्तै जिल्ला कमिटीका सवै पदाधिकारीहरुलाइ नेकपा एमालेका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रि प्रकाश शाहले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । बैठक सदरमुकाम मार्तडीस्थित अपि होटलको तालिम हलमा बसेको थियो ।
फेसबुक प्रतिक्रियाहरु